महिनावारीका विषयमा किटिनी माविका बालबालिकाद्वारा नाटक प्रदर्शन

ललितपुर : ललितपुरको गोदावरी नगरपालिकामा रहेको किटिनी माध्यमिक विद्यालयका छात्रछात्राले नाटक प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर विद्यालयले आयोजना गरेको कार्यक्रममा महिनावारी सम्बन्धी गलत धारणालाई नाटक मार्फत उजागर गरेका हुन् ।

 

एक जना छोरीले महिनावारी हुँदा घर तथा विद्यालयमा के कस्ता समस्याहरुको सामना गर्नुपर्छ भन्ने परिवेशलाई मूल विषय बनाएको नाटकको अन्त्यमा महिनावारी सम्बन्धी गलत धारणालाई परिवर्तन गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरिएको थियो ।

 

बालबालिकाले नाटक मार्फत महिनावारी भएको समयमा किशोरीहरुलाई कक्षाकोठमै हुने दुव्र्यवहार र महिनावारी भएको बालिकाले भोग्नुपर्ने समस्यालाई समेत चित्रित गरिएको थियो । यस्तै पुरानो सामाजिक धारणालाई परिवर्तन गर्न आवश्यक रहेको तथ्य औल्याइएको थियो ।

 

रोटरी र प्रभाव नेपालले समन्वय गरेको कार्यक्रममा अन्धविश्वास तोडौं भन्ने खेल र गीतबाट समेत महिनावारी सम्बन्धी कुसंस्कार अन्त्यका लागि चेतना फैलाउने प्रयास गरिएको थियो ।

 

नाटकको श्रव्यदृश्य युट्यूवमा वास खबरको भिडियो संग्रहमा समेत हेर्न सक्नुहुन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार