• १८ महिनामा सक्नुपर्ने खानेपानी आयोजना ३ बर्षमा पनि ९० प्रतिशत मात्र

    रुकुम : निर्माण शुरु भएको १८ महिना भित्र सम्पन्न गर्नुपर्ने मुसीकोट तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना ३ वर्षमा बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ । रुकुमको मुसिकोटमा एक घर, एक धाराको लक्ष्य सहित २०७१ फागुनमा कन्काइ इन्टरनेशनल विल्डर्स प्रा.लि.सुरुंगा झापाले खानेपानी आयोजना निर्माणको काम शुरु गरेको थियो । सम...

  • घरबाटै पानी लिएर नगए स्कुलमा प्यासले फिटीफिटी

    रामेछाप : मन्थली नगरपालिका– ३ ठूलीमदौमा रहेको कालिकादेवी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी झोलाभरि किताब सँगै खानेपानी पनि घरबाटै बोक्न बाध्य छन् । विद्यालयमा खानेपानीको अभाव हुँदा विद्यार्थी घरबाटै खानेपानीको बन्दोबस्त मिलाएर जान बाध्य छन् । विद्यालयमा खानेपानी भएपछि विद्यालयले पनि खानेपानी अनिवार्य रूपमा लिएर आउ...

  • पाइपमा क्षति पुग्दा इलामका २८ सय धारामा खानेपानी ठप्प

    इलाम : खानेपानीको पाइपमा क्षति पुगेपछि इलामका २८ सय ४२ धारामा खानेपानी ठप्प भएको छ । गिताङ्ग खानेपानी मुहान नजिकै सडक निर्माण गर्ने क्रममा ढुङ्गा लडेर पानीको पाइपमा क्षति पुगेपछि खानेपानी अवरुद्ध भएको गिताङ्ग खानेपानी आयोजनाका सव इन्जिनियर मेघनाथ ढुङ्गानाले बताउनुभयो । गिताङ्ग खानेपानी आयोजनाबाट इलाम नगरपालिका भित्रका ...

  • खानेपानी संस्थानमा १० जना सञ्चालक थपिदै

    काठमाडौं : खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले नेपाल खानेपानी संस्थानमा सदस्य नियुक्तिको तयारी थालेका छन् । मन्त्री यादवले एकैपटक १० नयाँ सञ्चालक सदस्य थप्ने तयारी गरेका हुन्। संस्थानलाई आर्थिक भार पर्नेगरी मन्त्री यादवले आफ्न्त तथा कार्यकर्तालाई सञ्चालक सदस्यमा नियुक्त गर्न लागेका हुन्। मन्त्री यादवले आगामी मन...

  • यसरी गरियो, भूकम्पले सुकेको मूलको संरक्षण

    ललितपुर : २०७२ को वैशाख १२ गते गएको भूकम्पपछि काठमाडौंको पूर्वी दक्षिण कुनाको विष्टछाप गाउँको सिरानको पानीको मूहानमा साविक भन्दा दोब्बर तेब्बर पानी आयो । तर वैशाख २९ गतेको पराकम्पपछि पानीको मूल आश्चर्यजनक ढंगमा सुक्यो । के गर्ने, कसो गर्ने गाउँलेहरू आत्तिए । पूर्खादेखि पानी खाँदै आइरहेको मूल सुकेपछि पानीको लागि के गर्...

  • जल, वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा १८२ वटा पेपर प्रस्तुत हुने

    काठमाडौ : जल, वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी आगामी अप्रिल १० देखि १२ सम्म नेपालमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहका १८२ पेपर प्रस्तुत हुने भएको छ । सम्मेलन आयोजक समितिको सचिवालयमा प्राप्त १८५ पेपर मध्ये ३ वटा अस्वीकृत भएको र बाँकी ३० वटा पोष्टर प्रस्तुतीकरण र १३७ वटा मौखिक प्र...

  • कालिकोटमा खानेपानी धाराबाट भात झरेपछि …

    कालिकोट : कालिकोटको पलाँता गाउँपालिका ९ थिर्पुमा खानेपानीको धाराबाट भात बगेर आएको छ । धारामा पानी थाप्न गएकोे बेला पानी संगै भात बगेर आएको लंकबहादुर बमले बताउनुभयो । एक सय भन्दा बढी घरले उपभोग गर्दै आएको पानीको पाइपबाट भात बगेर आएको हो । कालच्युरी, पिलकोट, वड, लखनवाडा लगायतका बस्तीमा दुषित पानीका कारण केही विरामी समेत...

  • बजारको अधिकांश पानी ‘मापदण्ड विपरीत’

    काठमाडौ : निजी उद्योगबाट उत्पादित अधिकांश बोतल र जारको पानी सरकारी मापदण्ड विपरीत रहेको पाइएको अधिकारीहरूले बताएका छन्। प्रशोधित पानी भनेर लेखिएका बोतल र जारका कैयौँ नमुना हाल सालै प्रयोगशालामा जाँच गर्दा त्यस्तो अवस्था पाइएको हो। तर सरकारी मापदण्ड नै व्यावहारिक नभएको भन्दै व्यवसायीहरूले त्यसमा परिमार्जन गर...

  • क्षतिग्रस्त ९०४ खानेपानी आयोजनाको पुनर्निर्माण सम्पन्न

    काठमाडौ : भूकम्पले क्षति पु-याएका ९०४ वटा खानेपानी तथा सरसफाइ आयोजनाको पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पबाट क्षतिग्रस्त तीन हजार २१२ वटा खानेपानी तथा सरसफाइ आयोजना मध्ये ९०४ वटा आयोजना सम्पन्न भएको र ९६५ आयोजनाको पुनःनिर्माण भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षमा खानेपानी तथा स...

  • धोबीखोलाको पानी पिउन योग्य बनाइने

    काठमाडौ : नवनिर्वाचित प्रदेशसभा सदस्य कुसुम कुमार कार्कीले रुद्रमती अर्थात् धोबीखोलाको पानी पिउन र नुहाउन योग्य बनाउन आफूले पहल गर्ने बताउनुभएको छ ।  बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित नीलोपुलका बासिन्दासँग आज बिहान भेटघाट कार्यक्रममा उहाँले त्यसका लागि प्रशोधन कारखाना राख्न जग्गा खोजी प्रक्रिया अगाडि बढाइने जानकारी ...