काठमाडौ : आफू बस्ने कोठाको भुँई सफा राख्न पनि मन छ, तर चिसोमा पानी छोइरहन गाह्रो लाग्छ ? अब तपाईले पानी नछोइकन भुँइ सफा गर्न सक्नुहुन्छ । भुँइ सफा गर्न चिसो पानी छोईरहनुपर्ने झण्झटलाई प्रविधिले हटाएको हो । यसका लागि हातले पानी नछोई भुँइ पुछ्ने मप बजारमा आएको छ ।
यस्तो मप माइक्रो फाइबरले बनेको हुन्छ जसले भुँइमा भएको पानी पुरै सोस्छ । यसको प्रयोग गर्दा भिजेको मपलाई स्पिन सिस्टम प्रयोग गरेर पहिला पखाल्नुपर्छ । त्यसपछि स्पिनरमा राखेर घुमाएर सुकाउनुपर्छ । यसरी हातले पानी नछोई भुइँ सफा गर्न सकिन्छ ।
हातले पानी छुन नपर्ने भएकोले यो मप जाडो मौसमको लागि उपयोगी हुन्छ । यो मपको ह्यान्डललाई लामो छोटो गर्न र दायाँ बायाँ मोड्न मिल्ने भएकाले हातले नभेटिने ठाउँमा पनि सफा गर्न सजिलो हुन्छ । यो मप घर ,अफिसको साथै गाडी सफा गर्न पनि प्रयोग गर्न सकिन्छ ।
यो मप बजारमा तीनवटा मोडेलमा उपलब्ध छन् । सबै भन्दा सस्तो मोडेलमा प्लास्टिकको स्पिनर हुन्छ र मप कटन एउटा मात्र हुन्छ । यस्तै स्टिलको स्पिनर भएको मोडेलमा दुइटा कटन हुन्छ र सबै भन्दा राम्रो गुणस्तरमा स्टिलको स्पिनर, बाक्लो बकेट र खुट्टाले स्पिन गर्ने सिस्टम हुन्छ ।
बजारमा ९९९ देखि १९९९ रुपैयाँ सम्म पर्ने मप उपलब्ध छन् ।


1349 पटक हेरिएको 

