काठमाडौ : धमिलो पानीलाई पनि पिउन योग्य बनाउने, अझ तपाईको इच्छा अनुसार तातो, चिसो वा सामान्य कस्तो पिउने ? यस्तो विशेषता रहेको चिनियाँ प्रविधिको वाटर प्युरिफायर मेसिन नेपाली बजारमा भित्रिएको छ । त्यही मेसिनको सहायताले तरकारीमा हालेको विषादी छुटाएर विषादीमुक्त बनाउने एस इन्टरप्राइजेजकी इसा बूढा प्रीति बस्नेतले जानकारी दिनुभयो ।
‘हामीले प्राय बोरिङ गरेको पानी सागपात धुन, भाँडा पखाल्न मात्र प्रयोग गरिरहेका छौं, तर यो मेसिनको सहायताले त्यस्तो पानीलाई पिउन योग्य बनाइन्छ’ उहाँले भन्नुभयो ।
प्युरिफायर मेसिनमा जडान गरिएका पाँच वटा फिल्टरहरु मार्फत छानिदै अन्त्यमा पिउन योग्य बनाइन्छ । मेसिनमै तातो चिसो वा नर्मल कस्तो पानी पिउने हो ? त्यो सुविधा समेत रहेको छ ।
‘शुरुमा बोरिङ गरिएको वा कुनै पानी पाइप मार्फत मेसिनमा हालिन्छ, त्यहाँ पाँच चरणसम्म फिल्टर भएपछि पानी पिउन योग्य हुन्छ, यसको अर्को विशेषता तरकारीमा मिसाएको विषादी समेत छुटाएर बिषादीरहित तरकारी बनाइन्छ’ बस्नेतले भन्नुभयो ।
उहाँका अनुसार यसको बजार मूल्य ७२ हजार ८८८ रुपैयाँ पर्छ । ग्राहकको घरमा लगेर जडान गर्ने र सेवा प्रदान गर्ने काम कम्पनीको हुन्छ ।
स्वास्थ्य विभागले काठमाडौ उपत्यकाको काठमाडौ, ललितपुर र भक्तपुरमा १ हजार ३ सय ६७ वटा पानीको नमुना परीक्षण गर्दा ६६ प्रतिशत पानीमा कुनै न कुनै प्रदुषण भेटिएको थियो ।
चिकित्सकका अनुसार पानीमा मिसिएको फलामे अक्साइडले खानेपानीको रंग रातो बनाउँछ । यसले उल्टी हुने झाडापखाला लाग्ने हुन्छ । यस्तै मर्करी वा पारा मिसिएको पानी कालो देखिन्छ र यसले कलेजो, मृगौला, केन्द्रीय स्नायु प्रणालीमा खराबी निम्त्याउँछ भने हरियो रङको पानीमा इस्पात, खिया, क्लोरिनको ओक्सीकरण धेरै हुन्छ । यसले पनि मृगौला, केन्द्रीय स्नायु प्रणालीमा खराबी उत्पन्न गराई क्यान्सर निम्त्याउन सक्छ ।
पानीमा एल्मोनियम सल्फाइड मिसिएमा पानी रङ नीलो हुन्छ र यसले कलेजो र मृगौलामा असर गर्छ । खनिज पदार्थ वा माइक्रो तत्व मिसिएको पानी पहेंलो देखिन्छ र यसले पत्थरीको समस्या निम्त्याउँछ ।
तर धबलगचक पय वाटर प्युरिफायर मेसिनले यी सबै विकार हटाएर पिउन योग्य बनाउने कम्पनीको दाबी छ ।


2432 पटक हेरिएको 

