महिनावारी छुवाछुत विरुद्ध पुरुषको साइकल -याली

ललितपुर : महिनावारी सम्बन्धी परम्परागत धारणा र छुवाछुत विरुद्ध साइकल -याली निकालिएको छ । अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसका अवसरमा x-pose Nepal ले काठमाडौको बसन्तपुर देखि पाटन दरबार स्क्वायरसम्म साइकल -याली निकालेको हो ।

 

साइकल -यालीमा अधिकांश पुरुष सहभागी थिए । पुरुष सहभागितालाई महिनावारी सम्बन्धी परम्परागत धारणा र महिनावारी हुँदा गरिने छुवाछुत हटाउनका लागि पुरुषको समर्थनको रुपमा लिइएको छ ।

 

-यालीपछि पाटन दरबार स्क्वायरमा आयोजित कार्यक्रमका वक्ताले महिनावारीलाई लज्जाको बिषय नभई गर्वको रुपमा हेरिनुपर्ने बताए । महिनावारी विना सृष्टि अधुरो रहने भन्दै यसलाई नियमित प्राकृतिक प्रक्रियाको रुपमा स्वीकार्न वक्ताले जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं खानेपानीमन्त्री विना मगरले महिनावारी छुवाछुतका कारण विकासको एउटा पाटो नै ओझेलमा परेको र राष्ट्र निर्माणमा महिलाहरुको सहभागितालाई बन्देज लगाएको बताउनुभयो ।

महिनावारी स्वच्छता, जनसंख्याको आधा हिस्सा ओगटेका महिलाहरुको सरोकार सँग जोडिएको बिषय भएकाले यसपाली देखि सरकारले नै यस बिषयलाई प्राथमिकताका साथ अगाडि बढाएको उहाँले उल्लेख गर्नुभयो ।

 

खानेपानी मन्त्रालयको आयोजनामा अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस सोमबार काठमाडौको राष्ट्रिय सभा गृहमा भव्यताका साथ मनाउँदैछ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार