बर्दिया : ‘अति भयो, महिनावारीका सबै सीमा तोडौ’ भन्ने मूल नाराका साथ बर्दियामा पनि विश्व महिनावारी स्वच्छता दिवस मनाइयो । खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति बर्दियाको आयोजनामा बर्दियामा पहिलो पटक विश्व महिनावारी दिवस मनाइएको हो ।

बंगलामुखी राधाकृष्ण मावि बाट ब्यानर, प्लेकार्ड र नारा जुलुस सहित निस्केको -यालीले गुलरिया बजार परिक्रमा गरी पुनः बिद्यालयमै पुगेर कोण सभामा परिणत भएको थियो । -यालीका सहभागीले कोठामा थुनेर राख्ने संस्कारको अन्त्य गरा, महिनावारी हुनुमा गर्व गरौ, महिनावारी सम्बन्धमा कुरा गर्न लाज नमानौ, सेनेटेरी प्याडको उचित व्यवस्थापन गरौ लगायत नारा लगाएका थिए ।
बर्दिया जिल्लाका लागि यु.एन. ह्याविटाटका जिल्ला संयोजक बिष्णु दवाडीले महिनावारी स्वच्छता सम्बन्धी विभिन्न तथ्यहरु सहित नारा लगाउदै र्याली तथा कोण सभा कार्यक्रम सञ्चालनको भूमिका निर्वाह गर्नु भएको थियो ।

जिल्ला खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारुले एक्काइसौ शताब्दीमा पनि केही जातिहरुमा महिनावारी अछुत मान्ने र बार्ने संस्कार रहेको बताउनुभयो । ‘केही जातिहरुमा भने महिनावारी बारिदैन, महिनावारी हुँदा किशोरी र महिला माथि हुने विभेदको अन्त्य गर्नुपर्छ’ उहाँले भन्नुभयो ‘यदि महिलाहरु महिनावारी हुदैनथे भने तपाई हामी जन्मिने नै थिएनौ, अर्थात यो सृष्टि नै चल्ने थिएन । तसर्थ आजका बालबालिका र किशोर किशोरीहरुले यस सम्बन्धमा जानकार र सचेत भएर समाजमा विद्यमान कुरीति र कुसंस्कार हटाउदै जानुपर्छ भने सबै जिम्मेवार पक्षले सुधारको लागि पहल गर्नुपर्छ ।’
कोण सभामा बोल्दै खानेपानीतथा सरसफाइ उपभोक्ता महासंघ बर्दियाका अध्यक्ष टीका सम्शेलीले किशोरी र महिलाहरुले महिनावारी हुँदा गर्व गर्नुपर्ने र लाजसरम नमानी महिनावारी हुँदाको समयमा भोग्नु पर्ने समस्या समयमै हटाउन आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यपक भेजेन्द्र बहादुर थापाले महिनावारी स्वच्छता दिवस विद्यालयको सहभागितामा सञ्चालन गरी चेतना अभिवृद्धि गरिएको प्रति खुशीज नाउदै धन्यवाद ज्ञापन गर्नुभयो ।
महिनावारी स्वच्छता दिवस जिल्ला समन्वय समितिका प्रमुख एवं डिवाससिसिका अध्यक्ष शंकरप्रसाद थारुको अध्यक्षता र ,जिसस उपप्रमुख तथा डिवाससिसिका उपप्रमुख श्री मानबहादुर बिष्टको बिशेष आथित्यतामा दिवस कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा बंगलामुखी मावि गुलरियाका कक्षा७, ८ र ९ का गरी २७० जना विद्यार्थी, शिक्षकहरु, जिल्ला खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, आई डि एस नेपाल, बेस, सुआहारा, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, गैसस महासंघ, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, पत्रकार लगायत करिब ३०० जनाको सहभागिता थियो ।

सरसफाइ सामग्री वितरण
कार्यक्रममा विद्यालयका लागि सरसफाइ सामग्री समेत वितरण गरिएको छ । जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय, बर्दियाको तर्फबाट उपलब्ध गराइएको सामग्री अध्यक्षबाट प्र.अ. र बालक्लबलाई हस्तान्तरण गरिएको थियो ।
वितरित सामग्रीहरमा महिनावारीमैत्री शौचालय सुविधाका लािग २ थान डष्टबिन, २ थान बाल्टिन र मग, २ थानब्रश र हार्पिक, ४ थान सेनेटरी प्याड र ६ थान साबुन रहेको छ ।
दिवसलाई सफल बनाउन बेस, यु.एन ह्याविटाट, आईडिएस नेपाल, सुआहारा,खानेपानीतथा सरसफाइ सव डिभिजन कार्यालयले आर्थिक तथा प्राविधिक सहकार्य गरेका थिए ।


1170 पटक हेरिएको 

