• सभाखोलाको पानी चार ठाउँमा लिफ्ट गरेर केराबारी डाँडामा ल्याइने

    सङ्खुवासभा : चैनपुर नगरपालिका वडा नं ११ खराङको केराबारी डाँडामा लिफ्ट प्रणालीको बहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइने भएको छ । उक्त नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले उक्त आयोजना शिलान्यास गर्दै सभाखोलाको दाहालडाँडा नजिक तोकिएको स्थानबाट लिफ्ट प्रणालीद्वारा खानेपानी ल्याउने तयारीका साथ आयोजना सञ्चालन गरिएको बताउनु...

  • खानेपानी विभागको मेलम्ची, ५५ हजारको जिन्दगानी

      काभ्रेपलाञ्चोक : तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन केही महीना मात्रै बाँकी छ । वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिकाका बासिन्दाले आउँदो माघ महीनाभित्र घरघरमै खानेपानी पाउने भएका हुन् । तेमाल बृहत पम्पिङ सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना लागतको हिसाबले खानेपानी व...

  • यस्तो छ जसपुर–घामपानी–मसरा खानेपानी आयोजनाको प्रगति

    बागलुङ : एक घर, एक धारा’ पु-याउने लक्ष्यसहित गलकोट नगरपालिका–२ नरेठाँटीमा निर्माणाधीन ‘जसपुर–घामपानी–मसरा’ खानेपानी तथा सरसफाइ आयोजना’ को काम तीव्र गतिमा भइरहेको छ । सङ्घीय सरकारको रु २३ करोड लागतमा बन्ने आयोजनाको सम्पूर्ण काम आगामी सात वर्षमा पूरा हुनेछ । दुई वर्षअघि शुरु भएको आयोजनामा रु एक करोड बराबरको काम भइसकेक...

  • मेलम्ची आयोजनालाई तिव्रता दिन जनप्रतिनिधी सहितको उच्चस्तरीय बैठक सम्पन्न

    काठमाडौ :  मेलम्ची खानेपानी आयोजनाको कामलाई तिव्रता दिन सिंहदरबारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ । खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा बुधबार खानेपानी मन्त्रालयमा सिन्धुपाल्चोकका जनप्रतिनिधि र मन्त्रालयका सचिव सहभागी उच्चस्तरीय बैठक सम्पन्न भएको हो । बैठकमा मन्त्री मगर, पूर्वमन्त्री एवं सिन्धुपाल्चोकका प्र...

  • प्रदुषित पानीले झाडा वान्ता

    चितवन : वर्षात शुरु भएसँगै दुषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडावान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरीका अनुसार एक सातायता दैनिक सात÷आठ झाडावान्ताका बिरामी आउन थालेक...

  • चन्द्रागिरी क्षेत्रमा मात्र १४० पानीका स्रोत, शत प्रतिशत पानीमा कोलिफर्म

      काठमाडौ : काठमाडौको चन्द्रागिरी नगरपालिका क्षेत्रमा मात्र १४० वटा पानीको स्रोत पहिचान भएको छ । मिनर्जी इनिसिएटिभले जिआईएस म्यापिङको माध्यमबाट चन्द्रागिरी नगरपालिका भित्र मात्र यत्ति धेरै पानीको स्रोत पहिचान गरेको हो । ती मध्ये सबैभन्दा धेरै पानीको स्रोत वडा नं. ८ मा भेटिएको छ । वडा नं. ८ मा रहेको २४ वटा प...

  • नदीमा मानव मलमूत्र मिसाउनेलाई एक बर्ष जेल हाल्ने कानुन आउँदै

    फोहोर पानी प्रशोधन नगरी सीधै नदी, ताल तलैया, जलाशय वा सार्वजनिक जग्गामा मिसाएको पाइएमा तीन महीना देखि एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । काठमाडौ : मानव मलमूत्र सहित वा मलमूत्र रहित फोहोर पानी सिधै नदी, खोला, ताल, तलैया, जलाशय वा सार्वजनिक जग्गामा मिसाउनेलाई जेल हाल्न...

  • नेपाली सेनाले निर्माण गरेको खानेपानी ट्याङ्की र सत्तल हस्तान्तरण

    भक्तपुर : नेपाली सेनाको वीर दल गणले सूर्यविनायक नगरपालिका–९ पलासेस्थित पञ्चकन्या मन्दिर परिसरमा पाँच हजार लिटर क्षमताको खानेपानी ट्याङ्की र सत्तल निर्माण गरेको छ । नेपाली सेनाका उपत्यका पृतनापति नीरञ्जनकुमार श्रेष्ठ र सांसद महेश बस्नेतले आज संयुक्तरुपमा सो नवनिर्मित खानेपानी ट्याङ्की र सत्तल उद्घाटन गर्नुभयो । स...

  • कर्मचारी समायोजनको असर खानेपानीमा, २ पटक म्याद थप्दा पनि ६१% मात्र काम

       काभ्रेको तेमाल बृहत पम्पिङ सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको सम्झौता अनुसार पहिलो प्याकेज (सुनकोशीको पानी लिफ्टिङ गरेर थोक वितरण प्रणालीको अन्तिम रिजभ्र्वायर ट्याङ्की सम्म पु्याउने काम) २०७५ वैशाख २४ भित्रै सम्पन्न गर्नुपर्ने थियो । २०७३ वैशाख २६ मै टेण्डर स्वीकृत भएको पहिलो प्याकेजको काम समयम...

  • तमोर लिफ्टिङको काम ४० प्रतिशत, सात महिनाभित्रै सम्पन्न हुने दाबी

    पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका र तुम्बेवा गाउँपालिकामा तमोर नदीबाट पानी लिफ्टिङ गर्ने योजनाको काम करिब ४० प्रतिशत सम्पन्न भएको छ । १६ सय ४ घरधुरीका लागि थालिएको योजनाले तुम्बेवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ का सबै क्षेत्रमा खानेपानी पुग्ने आयोजनाका सामाजिक परिचालक पुन्य सेढाईले जानकारी दिनुभयो । उहाँका अनु...