काठमाडौ : बर्षायाम र चाडपर्वका कारण लामो समय रोकिएको मेलम्ची खानेपानीको पाइप लाइन विछ्याउने काम एकैपटक पचास भन्दा बढी ठाउँबाट शुरु भएको छ । अहिले वितरण सञ्जाल अन्तर्गतको पाइप लाइन खन्ने, विछ्याउने र भल्व च्याम्बरहरु बनाउने काम भइरहेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसा...
खानेपानी
-
-
सफा क्लवमा एकै दिन ३७ हजार रुपैयाँ जम्मा
कीर्तिपुर : किर्तिपुरको मंगल माध्यमिक विद्यालयमा गठन भएको सफा क्लवको कोषमा एकै दिन ३७ हजार एक सय रुपैयाँ जम्मा भएको छ । विद्यालयको पहिलो सरसफाइ सम्मेलनमा सहभागी सरसफाइ अभियन्ता, विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक र विद्यार्थीले स्वेच्छिक रुपमा क्लवको चन्दा बाकसमा रकम जम्मा गरेका हुन् । सफा क्लवको कोषमा यसअघि विद्यार...
-
प्रशोधित पानी उद्योगका लागि नयाँ मापदण्ड लागु
काठमाडौ, दिक्पाल गिरी : प्रशोधित पानी समेत प्रदुषित भएको भेटिएपछि सरकारले पानी उद्योगमा असल उत्पादन अभ्यास (जीएमपी) सरहको मापदण्ड लागु गरेको छ । प्रशोधित पानीको गुणस्तर सुधार्न सरकारले नयाँ निर्देशिका मार्फत प्रशोधित पानी उद्योगका लागि नयाँ मापदण्ड लागु गरेको हो । नयाँ मापदण्ड अनुसार अब पानी उद्योगले प्रशोधन गर्ने पान...
-
दाजुभाइ छुटिंदा खानेपानीको धारा अंश
दैलेख : एउटै परिवारमा बस्दै आएका दाजुभाइ छुटिंदा खेतबारी, पशुचौपाया र अरु भौतिक सम्पक्ति बराबर अंश लगाएको त सुनेकै हो, तर दैलेखको जुगढ गाउँमा दाजुभाइ छुटिंदा खानेपानीको धारामा पनि अंश लाग्ने गरेको छ । परिवारमा भएको धारालाई बराबर भाग नलगाएपनि दाजुभाइ छुटिएर धारा जडान गर्दा लाग्ने रकम सबै भाइले बराबर व्यहोर्ने गरिएको छ ।...
-
बाम घोषणा : पाँच बर्ष भित्र सबै नागरिकलाई खानेपानी
काठमाडौ, लिखिता बराल : सन् २०१७ भित्रै सबै नागरिकलाई आधारभूत तहको खानेपानी र सरसफाइ सुविधा पु-याउने सरकारी लक्ष्य भएपनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी ५ बर्ष भित्र मात्र खानेपानी उपलब्ध गराउने जनाएको छ । मंगलबार बाम गठबन्धनले सार्वजनिक गरेको संयुक्त घोषणा पत्रमा आगामी ५ बर्षभित्र पर्याप्त स्वच्छ पिउने पानी...
-
पानी ल्याईदिनुहोस्, भोट लैजानुस्
तेह्रथुम : म्याङलुङ नगरपालिका ८ आम्वुङका प्रेमबहादुर श्रेष्ठलाई गाउँमा विकासको लहर ल्याउने र त्यसमा पनि पानीको प्रबन्ध मिलाइदिने नेतालाई जिताउन मन छ । संसारी बजार नजिकै कुखुरा फार्म सञ्चालन गर्दै आउनुभएका उहाँले गरिब जनताको बस्तीसम्म विकासका पूर्वाधार ल्याइदिने नेतालाई भोट दिने बताउनुभयो । चुनाव जितेर जाने नेताहरुको ...
-
मध्यकर्णाली जलाधारको विषयमा छलफल
दैलेख : दैलेख सामुदायिक वन उपभोक्ता महासंघ दैलेख शाखाले सञ्चालन गर्न लागेको जलीय प्राकृतिक श्रोत सुधार पानी कार्यक्रमले दैलेखका सरोकारवाला सँग मध्यकर्णाली जलाधारको स्वास्थ्य प्रतिवेदनका विषयमा छलफल गरेको छ । छलफलको क्रममा खानेपानीको सुविधा मुश्किलले ५० प्रतिशतमा मात्र पुगेको, पानीको श्रोतको संरक्षणमा वैकल्पिक उपायका व...
-
वाम गठबन्धनको घोषणापत्रमा खानेपानी सरसफाइ र स्वच्छता
काठमाडौ, लिखिता बराल : नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रमा खानेपानी, सरसफाइ र स्वच्छतालाई प्रमुखताका राखिएको छ । घोषणापत्रमा सरसफाइतर्फ प्रत्येक घरमा अनिवार्य शौचालयको व्यवस्था हुनुपर्ने र सार्वजनिक स्थानमा सुविधा सम्पन्न निशुल्क शौचालयको व्यवस्था गर्ने उल्लेख छ । नदी र तालमा ढल र फोहोर पानी मिसाउन प्र...
-
मेलम्चीको सुरुङ खन्न झण्डै १३ सय मिटर मात्र बाँकी
काठमाडौ : मेलम्चीको सुरुङ खन्न अब १२ सय ९८ मिटर मात्र बाँकी रहेको छ । अम्बथान देखि ग्याल्थुमसम्म ५३० र ग्याल्थुम देखि सिन्धुसम्मको ७६८ मिटर गरी १२९८ मिटर सुरुङ खन्न बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाका उप–कार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले चार ठाउँबाट चौबीसै घण्टा सुरुङ खन्ने का...
-
काँग्रेस घोषणापत्र : शौचालय निर्माण गर्न अनुदान, हरेक नगरपालिकामा अधिकार सम्पन्न खानेपानी बोर्ड
काठमाडौ, दिक्पाल गिरी : नेपाली काँग्रेसले विपन्न वर्गका परिवारलाई शौचालय निर्माण गर्न अनुदान दिइने जनाएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सार्वजनिक गरेको काँग्रेसको घोषणापत्रमा प्रत्येक घरमा शौचालय निर्माण सुनिश्चित गर्ने कार्यक्रम ल्याइने, विपन्न वर्गका परिवारलाई शौचालय निर्माण गर्न अनुदान दिइने ज...

