• बैतडी सदरमुकाममा यसरी भयो खानेपानीको समाधान

    बैतडी : विगतमा खानेपानीको चरम अभाव हुने बैतडी सदरमुकाममा यसबर्ष खानेपानीको समस्या समाधान भएको छ । बैतडी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत सदरमुकाममा खानेपानी सञ्चालन भएपछि खानेपानीको समस्या समाधान भएको हो । सन् २०१३ देखि निर्माण शुरु भएको बैतडी खानेपानी तथा सरसफाइ आयोजना गत भदौमा सम्पन्न भएपछि खानेपानीको समस्या समाधा...

  • खानेपानी अभावमा ऐचोपैंचो : न नगरपालिकाले हे-यो, न खानेपानी कार्यालयले देख्यो

    प्यूठान : ‘सब काम माया मारेर पानीकै लागि भौतारिनुपर्छ । दिनभरि काम गरेर घर आउँदा पानी नभएपछि छिमेकीसँग पानी पनि ऐचोपैंचौ चलाउनुपर्छ । नगरपालिका भनेर के गर्ने ? नगरपालिकाका बासिन्दा हामी पानीको समस्या झेलिरहेका छौं’ प्यूठान नगरपालिका वडा नं. ३ की अमृता जिसीले भन्नुभयो । खानेपानीको यस्तो समस्या एकघरको मात्र होइन । प्यूठ...

  • विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता निर्देशिका स्वीकृत हुने, नहुने अन्यौल, हेर्नुहोस् मुख्य प्रावधानहरु

    काठमाडौं : सामुदायिक विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी के कस्ता सुविधाहरु हुनुपर्ने कुनै मापदण्ड बनेको छैन । मापदण्ड नभएकै कारण कतिपय विद्यालयमा न्यूनतम सरसफाइ सुविधाको समेत कमी छ । ५० जना विद्यार्थी अध्ययन गर्ने विद्यालयमा पनि २ कोठे शौचालय र ५ सय जना अध्ययनरत विद्यालयमा पनि त्यत्ति नै शौचालय रहेको अवस्थ...

  • नेपाल स्वास्थ्यका लागि पानी (नेवा) मा करोडौं भ्रष्टाचार

    काठमाडौँ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) नामक गैरसरकारी संस्थाले व्यापक आर्थिक हिनामिना गरेको समाज कल्याण परिषदले ठहर गरेको छ ।  नेपाल स्वास्थ्यका लागि पानी (नेवा) मा भूकम्पपीडितका लागि सहयोगका नाममा हेलिकप्टर भाडामा भएको भ्रष्टाचार सम्बन्धी समाचार प्रकाशित भएपछि गत भदौ ३० गते समाज कल्याण परिषदले छानविन पछि सार्वज...

  • जनतालाई पानी खुवाउन यी वडाध्यक्षले जुटाए, आफ्नै जग्गा धितो राखेर ४० लाख

    कास्की : ‘मलाई जिताउनुहोस् म यहाँहरुलाई प्यास सहेर बाँच्न दिन्न, म खानेपानी ल्याईदिन्छु, गर्न सकिने कामको वाचा म गर्दिन’ कास्कीको कृस्ती, निर्मल पोखरी र भरतपोखरी गाउँका बासिन्दासँग चुनावी प्रचारका क्रममा खगराज आचार्यले यसरी नै भोट माग्नुभएको थियो । यसअघि पनि धोका नदिएका आचार्यले गरेको घोषणा ठीकै त होला भनेर मतदाताले प...

  • खानेपानी योजना निर्माणमा जुटे चेपाङ समुदाय

    धादिङ : दलका नेता र कार्यकर्तालाई चुनावी प्रचारप्रसार गर्न भ्याइनभ्याई छ । यही बेला दक्षिणी धादिङको गजुरी–६ स्यामै डाँडाका चेपाङ समुदाय भने खानेपानी समस्याको समाधान गर्न दिनरात खटिरहेका छन् । ६१ घरको चेपाङ बस्तीमा खानेपानी पु-याउन सत्य साई सेवा सङ्गठन नेपालले सामुदायिक खानेपानीको शुरुवात गरेको हो । खानेपानी योजनाको हा...

  • खानेपानीको बन्दोबस्तले महिला सशक्तिकरणमा सघाउ

    रसुवा : खानेपानीको अभाव हुँदा पुरुषको तुलनामा महिलाले बढी दुःख पाउँछन् । सरसफाइको काम, खाना पकाउने तथा घरभित्रको काम महिलाले नै गर्नुपर्ने सामाजिक संरचनाले पनि पानीसँग महिलाको संलग्नता बढाएको पाइन्छ ।  त्यही  पानी सहजै उपलब्ध भएमा महिला सशक्तिकरणमा सघाउ पुग्ने विभिन्न तथ्यले पुष्टि गरेको छ । रसुवाको कालिका गाउँपाल...

  • बजेट अभावमा खानेपानी आयोजना निर्माणमा ढिलाई

    उदयपुर : उदयपुरमा निर्माणाधीन खानेपानी आयोजनाहरु बर्षौ भइसक्दा पनि सम्पन्न भएका छैनन् । १७ वटा क्रमागत खानेपानी आयोजनाहरु मध्ये कतिपय सम्पन्न हुने चरणमा रहेपनि अधिकांश आयोजनाको काम सक्न अझै केही बर्ष लाग्ने भएको छ । मन्त्रालयसँग बजेट अभावका कारण आधा दर्जन योजनाको काममा ढिलाई भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्याल...

  • सिन्धुपाल्चोकमा ११० वटा खानेपानी आयोजना बन्दै

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकका विभिन्न वस्तीमा ११० वटा खानेपानी आयोजना निर्माण हुने भएको छ । USAID को आर्थिक सहयोगमा सेवक नेपालले सफा पानी परियोजना अन्तर्गत सिन्धुपाल्चोकमा यत्तिधेरै खानेपानी आयोजना निर्माण गर्न लागेको हो । सन् २०१५ देखि शुरु भएको सफा परियोजना अन्तर्गत अहिलेसम्म २६ वटा खानेपानी आयोजना निर्माण सम्पन्न...

  • भोट माग्न पधेंरामै आएका उम्मेदवारलाई धुसेनीका महिलाले के भने ?

    धादिङ : धादिङको क्षेत्र नं. २ को प्रदेश ‘क’ का काँग्रेस उम्मेदवार रमेश धमला आफ्ना तीन जना कार्यकर्ता सहित धुसेनी गाउँमा पुग्नुभयो । धुसेनीमा विहानै पुगेपनि सबै घरको ढोका बन्द थिए । एकाविहानै ढोका बन्द भएको देखेपछि बालबालिकालाई सोध्दा घरका ठूला मान्छे पानी लिन पधेंरा गएको थाहा पाए । उम्मेदवार रमेश धमलाले पधेंरातिरै जान...