• २ सय ६१ वटा खानेपानी आयोजनाका लागि साढे २३ करोड बजेट, विनियोजित बजेट बाँकी भुक्तानी गर्नै अपुग

    दाङ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङमा चालु आर्थिक बर्षका लागि २ सय ६१ वटा खानेपानी आयोजनामा २३ करोड ६७ लाख बजेट विनियोजन गरिएको छ । यी आयोजनामा एक हजारदेखि ५० लाख रुपैयाँसम्म बजेट रहेको कार्यालयले जनाएको छ। सालाखाला हरेक योजनाका लागि नौ लाख सात हजार बजेट रहेको कार्यालय बताउँछ । कार्यालयका अनुसार ३५ लाख...

  • माङसेबुङ खानेपानी आयोजना अन्तिम चरणमा

    फिक्कल : इलामको माङसेबुङ गाउँपालिका–३ र ५ मा निर्माणाधीन बृहत माङसेबुङ लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । विगत तीन वर्षदेखि निर्माण सुरु भएको आयोजनाको ८४ प्रतिशत काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका इञ्जिनियर सविन श्रेष्ठले जानकारी दिनुभयो । नेपाल सरकारको १३ करोड आठ लाख तीन...

  • लोकमार्ग निर्माणले खानेपानीको मुहान पुरियो, मुहान नै सार्नुपर्ने अवस्था

    लेखनाथ : कास्कीको मादी गाउँपालिका र पोखरा महानगर खण्डमा मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा खानेपानीको मुहान पुरिएको छ । पोखरा महानगरको साबिक लेखनाथ नगरपालिकामा खानेपानी आपूर्ति गर्दै आएको लेखनाथ खानेपानी उपभोक्ता संस्थाको मादी–७ को गिउजे खोलाको मुहान पुरिएको हो । गएको हिउँदमा लोकमार्ग निर्माणका क्रममा बाटोम...

  • क्रमागत खानेपानी आयोजनाको नामै कटौती हुँदा योजना अलपत्र

    दाङ : तीन करोड २१ लाख ५५ हजार रुपैयाँ कुल लागतमा आर्थिक वर्ष २०७६/०७७ सम्म बनिसक्नु पर्ने लालमटिया बृहत खानेपानी आयोजनाको काम अझै पूरा भएको छैन । आर्थिक वर्ष २०७८/०७९ सम्म एक करोड ४७ लाख रुपैयाँमात्रै बजेट पाएको आयोजनाले आर्थिक वर्ष २०७९/०८० मा १३ लाख ५० हजार रुपैयाँ मात्रै पायो । अझै झण्डै एक करोड रुपैयाँ बजेट ...

  • भेरी पम्पिङ खानेपानी आयोजनाको ठेक्का सम्झौता हुँदै

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधानका लागि सुरुवात भएको ‘भेरी पम्पिङ खानेपानी आयोजना’ को ठेक्का सम्झौता हुने भएको छ। ठेक्काको मूल्यांकन प्रक्रिया टुङ्ग्याईसकेको र केही दिनमै ठेक्का सम्झौता हुने वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले बताउनुभयो। ‘चिनियाँ निर्माण कम...

  • तनहुँका अधिकांश भागमा स्वच्छ खानेपानीको सुविधा

    दमौली : जिल्लाका ९२ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार दुई लाख ९८ हजार १६ जनामा खानेपानी सुविधा पुगेको हो । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा चार हजार सात सय ८० जनामा खानेपानी सुविधा विस्तार गरेको इन्जिनियर विनु लोहनीले जानकारी दिनुभयो । सोह...

  • बृहत घोप्टेखोला खानेपानी आयोजनाको साढे २८ करोडमा ठेक्का सम्झौता

    म्याग्दी : बाह्रै महिना सुरक्षित खानेपानी सेवा प्रदान गर्ने उद्देश्यले अगाडि बढाइएको बृहत् घोप्टेखोला खानेपानी आयोजनाको ठेक्का सम्झौता भएको छ । म्याग्दीको दुईओटा स्थानीय तहका ६ वटा वडाका दुई हजार पाँच सय बढी घरधुरीलाई खानेपानी सुविधा पुर्‍याउने योजना रहेको घोप्टेखोला खानेपानी आयोजनाको हालै ठेक्का सम्झौता भएको छ । ...

  • पहिरोले पाइप बगाएपछि खानेपानीको हाहाकार

    दैलेख : पहिरोले पाइप बगाएपछि दैलेख बजारमा खानेपानीको हाहाकार भएको छ । नारायण नगरपालिका–१०, ओखरबासमा गएको पहिरोले खानेपानीको पाइप चुँडाइदिएको छ । महाबु धार्मिक मेलामा जाने यात्रुको सुविधाका लागि सडक मर्मत गर्न लाग्दा ओखरबासमा लगातार पहिरो खसेका कारण जिआइ पाइप चुँडिएको हो । सहारे मुहानबाट ल्याइएको खानेपानी आपूर्ति अव...

  • करोडौंको योजनामा लाखको बजेट, सम्पन्न नहुँदै खण्डहरमा परिणत

    प्यूठान : खानेपानी आयोजना सुरु हुने तर समयमै सम्पन्न नहुने समस्याको उल्झनमा फसेको छ— प्यूठान । जिल्लामा साना–ठूला गरी १ सय ५० भन्दा बढी आयोजना निर्माणाधीन छन्, जसमध्ये प्रदेश सरकारअन्तर्गतका मात्रै २० भन्दा बढी खानेपानी आयोजना लामो समयदेखि अलपत्र छन् । जिल्लामा सञ्चालित यी आयोजना सम्पन्न भए मात्रै पनि ४ हजार ४ सय ब...

  • पृथ्वी नारायण साना शहरी खानेपानीमा बाढी पस्दा करिब डेढ करोडको क्षति

    गोरखा : गोरखाको पृथ्वी नारायण साना शहरी खानेपानी आयोजनाको मुहानमा बाढी पसेको छ । बुधबार रातीको ठूलो वर्षापछि पसेको बाढीले करिब डेढ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको आयोजनाले जनाएको छ । सहिदलखन गाउँपालिका ७ छाङ्खोला र ढाक्रेखोला स्थित मुहान क्षेत्रमा आएको बाढीले आयोजनाको मुख्य पाईपमा पूर्ण रुपमा क्षति भएको आय...