• गाउँभरिको खानेपानी समस्याको मुक्तिदाता बन्यो भूपू गोर्खा सैनिक परिवार

    तनहुँ : तनहुँको भानु नगरपालिका स्थित सिमलचौरको ३४ घरले खानेपानीको समस्याबाट मुक्ति पाएको सामाजिक कथा सँग स्वर्गीय जगत बहादुर आले मगरको नाम पनि सँगै जोडिएर आउँछ । उहाँका पनातिनीहरु भन्छन् ‘हाम्रा बराजु गोर्खा सैनिकमा भर्ती नभएको भए खानेपानीका लागि गाउँ भरिका मानिसहरु डोको नै बोकिरहेका हुन्थ्यौं । तर अहिले त पानीको मूल...

  • सामुदायिक शौचालय : समावेशी सरसफाइको पहिचान, विपन्न र बृद्धबृद्धाका लागि बरदान

    √  लहान नगरपालिका वडा नं. -२२ को जहडी गाउँको बीचैमा पोखरी छ । यही पोखरीमा गाउँलेहरु भाँडा माझ्ने, कपडा धुने, नुहाईधुवाई गर्ने र पूजाआजा समेत गर्छन् । हरेक काम सँग प्रत्यक्ष सम्बन्ध राख्ने पोखरीको डिलमा दिसा भेटिएपछि गाउँलेले शौचालय नभएकी लुटनीदेवी सदायालाई लगाउँथे । खुला ठाउँमा दिसा गर्छन् भन्ने सामाजिक आरोप खेपेकी...

  • २० बर्ष अघि बनेका खानेपानी संरचना र सेवा अझै उस्तै, तर कसरी ?

    दैलेख : करिब २० बर्ष अघि बनेका खानेपानीका संरचनाहरु अहिले पनि उस्तै छन् । खानेपानीको सेवास्तर वृद्धि गरी केही समय अघि सबै संरचनामा रंग रोगन गरेपछि झनै नयाँ संरचना जस्तै देखिएका छन् । खानेपानीका संरचनाहरु टिकाउ हुनुमा खानेपानीको नियमित मर्मत सम्भार र रेखदेख नै प्रमुख ठान्छन् खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु...

  • फोहोर फाल्ने खोला सौन्दर्यस्थलमा परिणत हुँदै

    चितवन : चितवनको नारायणगढ बजार भएर बग्ने पुङ्गी खोलाको जग्गा संरक्षण गरी सौन्दर्यीकरण गर्ने कार्य सुरु भएको छ । कुनै समय यो खोला नारायणगढ बजारसहित वरपरबाट पौडी खेल्न आउनेको स्थल थियो तर केही वर्षदेखि फोहोर गरेर ढल मिसाउन थालेपछि यसको संरक्षणसँगै सौन्दर्यीकरण गर्न थालिएको हो । भरतपुर महानगरपालिकाले यो खोलाको सीमाङ...

  • ‘बल्ल आँत भिज्ने गरी पानी पिउन पाईने भो’

    दैलेख (तल्लोडुङ्गेश्वर) : ‘हामी दुई नदीका बीचमा छौं । एकातिर लोहोरेखोला अर्कोतिर कर्णाली नदी । नदी तल छ । बस्ती माथि । पानी माथितिर आउदैन । ‘फेद्उनो कर्णाली वग्दो रैगो पानी तिर्खा’ भन्दै दुल्लू नगरपालिका –१ की ९० बर्षिया इन्द्रसरा वादीले पानी नपाउँदाको पीडा सुनाउनुभयो । खानेपानी अभावले बजार र नमुना बस्तीका बासिन्द...

  • डनटार गाउँमा घर घरै धारा, धमिलो पानीबाट छुटकारा

    मकवानपुर : मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको वडा नं. ९ डनटार गाउँका ३४ घरमा स्वच्छ खानेपानी सुविधा पुगेको छ । घरघरै निजी धारा जडान भएपछि धमिलो पानी पिउनु पर्ने बाध्यताबाट छुटकारा पाएका हुन् । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (Rural Reconstruction Nepal-RRN), डब्लुएचएच (Welthungerhilfe-WHH), गाउँपालिका र समुदा...

  • युवाको पहलमा स्वास्थ्य संस्था र विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छतामा सुधार

    सिन्धुली : १६ देखि २० वर्षका युवाको अगुवाइमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा रहेका विद्यालय तथा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधामा सुधार भएका छन् । सदरमुकाममा रहेका कमला जनज्योति माध्यमिक विद्यालय सिलामेमा सेनिटरी प्याड विसर्जनका लागि सुरक्षित स्थल नभएकोमा युवाहरुले युवा नागरिक अंकपत्र क...

  • ..अनि सुल्झियो, सुत्केरीको सालनाल व्यवस्थापनको समस्या

    डोल्पा, जुफाल : डोल्पाको जुफाल स्वास्थ्य चौकीमा कुनै समय सुत्केरी गराउनु भन्दा पनि सुत्केरीको सालनाल व्यवस्थापन गर्न धेरै समस्या थियो। किनकि सुत्केरीको सालनाल व्यवस्थापन गर्न सुत्केरीको आफन्तले खासै चासो दिदैनथ्यो भने कार्यालय सहयोगीले पनि त्यत्ति जाँगर लगाउँदैनथे । सुत्केरीको सालनाल खाल्डो खनेर माटोले नै पुर्नु प...

  • गोर्खा वेल्फेयरको सहयोगमा १३६ घरको ढोकामै बन्यो धारा

    म्याग्दी : ढोकाको सङ्घार पार गर्ने वित्तिकै खानेपानीको धारा भेटिन्छ। चौबीसै घण्टा पानी आईरहने भएकाले जत्तिबेला आवश्यक पर्‍यो त्यत्ति नै बेला धारा खोले पुग्छ । हरेक घरमा एक एक वटा धारा भएपछि पानीकै कारण विवाद हुने दिनको पनि अन्त्य भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं. ६ खिवाङको एउटा घरको कथा होइन, कुल १...

  • देशैभरिका बायोग्यास प्लान्टहरुमा जैविक फोहोरको अभाव (भिडियो सहित)

    काठमाडौ : झापाको दमकमा दैनिक ३० टन कुहिने फोहोर आपूर्ति हुने प्रक्षेपण गरी बायोग्यास प्लाण्ट निर्माण गरिएको भएपनि हाल ५ टन फोहोर पुर्‍याउन पनि मुश्किल भईरहेको छ । बाँकी २५ टन फोहोर किनेर आपूर्ति गर्नुपर्दा लागत बढी पर्ने र मुनाफा कम हुने नेक्स्ट ईरा इनर्जी प्रा.लि.का प्रबन्ध निर्देशक विमल खतिवडा बताउनुहुन्छ । ‘सम्झ...