• धुलिखेलमा दिसाजन्य लेदो व्यवस्थापन तालिम

      काभ्रे : धुलिखेलमा दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । नगरपालिकाहरुमा दिसाजन्य लेदो व्यवस्थापनको आवश्यकता र यस सम्बन्धी ज्ञान र क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा काभ्रेको धुलिखेल, पनौती, नमोबुद्ध, मन्डनदेउपुर र पाँचखाल नगरपालिकाको सहभागिता र...

  • गोदावरी खोला सफाइ अभियानमा विभिन्न क्षेत्रको सहभागिता जुट्दै

      ललितपुर : गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानले विभिन्न अभियन्ताको साथ पाउन थालेको छ । सफाइ अभियानले ११ हप्ताको कार्यक्रम गरिरहँदा विभिन्न क्षेत्रका व्यक्ति तथा विभिन्न ठाउँमा सरसफाइ अभियान सञ्चालन गरिसकेका अभियन्ताहरुले साथ दिएका हुन् । आजको सफाइ कार्यक्रममा बिष्णुमति सरसफाइ अभियन्ता सोभाकान्...

  • सगरमाथाको ४ हजार किलो फोहोर काठमाडौ ल्याइयो

    काठमाडौ : सगरमाथाको सफाइबाट संकलित करिब ४ हजार किलो फोहोर काठमाडौ ल्याइएको छ । खुम्बु पासाङ ल्हामू गाउँपालिकाको नेतृत्वमा वैशाख १ गतेदेखि लुक्लाबाट सुरु भएको सफाइ अभियानबाट ४ हजार किलो फोहोर संकलन गरेर काठमाडौ ल्याइएको हो । काठमाडौ ल्याइएको फोहोर मध्ये १ हजार किलो फोहोर ब्लू वेष्ट टु भ्यालु संस्थालाई व्यवस्थापनका ला...

  • काठमाडौ उपत्यकाको फोहोर असारदेखि बञ्चरेडाँडामा व्यवस्थापन गरिने

    काठमाडौ : शहरी विकास मन्त्रालयले आगामी असारबाटै फोहर विसर्जन गर्ने गरी बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम तीव्ररुपमा अघि बढाएको छ । अहिले निर्माण कार्यअन्तर्गत माटो मिलाउने र ड्याम निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ । अबको केही दिनमा उक्त काम सकी अन्य काम शुरु हुनेछ । तेह्र वर्ष अघि दु...

  • गोदावरी खोला क्षेत्र सरसफाइ अभियान १० औं हप्तामा, ४ टन फोहोर व्यवस्थापन

      ललितपुर : गोदावरी खोलाक्षेत्र साप्ताहिक सरसफाइ अभियानले १० औ हप्ता पार गरेको छ । दशौं हप्ताको सरसफाइ कार्यक्रमबाट ४ टन फोहोर संकलन गरिएको छ । संकलित फोहोरलाई नेप्को नेपालले व्यवस्थापन गरिने गोदावरी खोला क्षेत्र सरसफाइ अभियानकी संयोजक बेबी राजभण्डारीले थापाले जानकारी दिनुभयो । दशौं हप्ताको सरसफाइ कार्यक...

  • गङ्गोत्पत्तिका दिन उपत्यकाबाट ठूलो परिमाणमा फोहर व्यवस्थापन

    काठमाडौ : वैशाख शुक्ल सप्तमी सत्य युगमा आजैका दिन गङ्गा उत्पत्ति भएको पौराणिक कथन छ । वैदिक सनातन परम्पराअनुसार सबै नदीलाई गङ्गाकै रुपमा लिइन्छ । वाग्मतीको महत्व गङ्गाको भन्दा पनि उच्च रहेको शास्त्रमा वर्णन गरिएको छ । भारत वर्षका धेरै नदीमा स्नान गर्दा पनि हत्या मोचन हुन नसकेपछि पर्शुरामले वाग्मती किनारमै स्नान गरेर...

  • मुख्यमन्त्रीको चिन्ता : बिहेमा सुनचाँदी दाइजो माग्नेले बुहारीले दिसापिसाब कहाँ गर्छन् भन्ने सोचेनन्

      वीरगञ्ज : मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन नसकेकोमा आफूलाई लाज लागेको बताउनुभएको छ । वीरगञ्जमा आयोजित खुल्ला दिसामुक्त अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले स्थानीय तह खुला दिसामुक्त नहुँदा त्यहाँका जनप्रतिनिधिलाई पनि लाज लाग्नुपर्ने बताउनुभय...

  • गोदावरी खोला सरसफाइ अभियानले बृहत रुप लिदै

      काठमाडौ : ललितपुरको गोदावरी खोला सरसफाइ अभियानले बृहत रूप लिदैछ । सरसफाइ अभियन्ता धिरेन्द्र साहको सक्रियतामा सुरु भएको ललितपुर खोला सरसफाइ अभियानले खोला सफाइको अतिरिक्त विद्यालय स्तरीय चेतनामूलक कार्यक्रम, पदयात्रा लगायत कार्यक्रमको आयोजना गरी सफाइ अभियानलाई व्यापक बनाउँदै लगेको हो । गोदावरी खोला सरसफा...

  • फोहोर व्यवस्थापनका लागि जनशक्ति र उपकरण थपिने

    ललितपुर : ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रको फोहोरको व्यवस्थापनका लागि जनशक्ति र उपकरण थप गर्ने भएको छ । उपमहानगरपालिकाबाट महानगरपालिका बनेपछि साविकका पाँच गाविस थप भएका कारण जनशक्ति र उपकरण थप गर्न लागिएको हो । हाल कार्यरत जनशक्ति अपर्याप्त भएपछि २४ नयाँ कर्मचारी थप गर्न लागिएको महानगरपालिकाका प्रवक्ता राजु ...

  • फोहोर व्यवस्थापन गर्न चिनियाँ कम्पनीद्वारा ८ अर्ब लगानीको प्रस्ताव

    काठमाडौ : फोहोरबाट बिजुली निकाल्ने परियोजनाका लागि एक चिनियाँ कम्पनीले ८ अर्बको लगानी प्रस्ताव दर्ता गरेको छ । चिनियाँ कम्पनी चाइना कोन्स भेन्चर होल्डिङ्स लिमिडेटले दैनिक ५ सय टन फोहोर व्यवस्थापन गरी १० मेगावाट बिजुली निकाल्ने प्रस्ताव लगानी बोर्डमा दर्ता गराएको हो । २ वर्षमा परियोजनाको काम सम्पन्न गर्ने गरी लगानी प...