• कालीगण्डकीको पानी कालिका भगवतीमा उक्लियो

    वाग्लुङ १० फागुन । तलतिर सलल बग्छ कालीगण्डकी नदी । अलि माथितिर पर्छ कालिका भगवती मन्दिर । मन्दिर भन्दा १ सय ६५ मिटर तलतिर बग्ने नदीको पानी मन्दिरमै ल्याइएको छ । नमुना सौर्य लिफ्ट खानेपानी आयोजना अन्तर्गत सौर्य ऊर्जा र विजुलीबाट मोटर सन्चालन गरी नदीको पानी तानेर मन्दिरको अघिल्तिर बनाएको नौ वटा धारामा खसालिएको हो । मन्दि...

  • असारको पानीले फागुनको तिर्खा मेटाउदै पाल्पाका शिक्षक विद्यार्थी

    पाल्पा ९ फागुन । पाल्पाको भुवनपोखरी गाविसस्थित रैनादेवी माविका शिक्षक विद्यार्थी असार साउनको झरीको पानीले तिर्खा मेटाउँदैछन् । असार साउनमा संकलन गरेको पानी अहिले प्रयोगमा ल्याएको हो । ‘हामीले असार साउनमा धन्न पानी संकलन गरेका थियौं र अहिले तिर्खा लाग्दा पिउन पाएका छौं, यो पानी पनि नभएको भए हामी काकाकुल झैं हुन्थ्यो’ ...

  • मुगुको लुम्समा पानीको यस्तो दुःख

    मुगु ९ फागुन । लुम्सकी ३७ वषीया भृकुटी ऐडीको अहिले घरमा बास छैन । पानी बोक्नुपर्ने दुःखका कारण उहाँ लुम्समा रहेको घर छोडेर खोला किनारमै बस्न थाल्नुभएको छ । खोलाबाट पानी बोक्दा बोक्दा हैरान भएपछि खोला किनारमा बस्न थालेको पनि बर्षौ वितिसकेको छ । रोवा गाविस ८ लुम्सकी टिउकी ऐडीले पनि खोलाको पानी ओसारेरै १८ बर्ष पार गरिसक...

  • ९ बर्षमा बन्यो, बल्ल खानेपानी आयोजना

    रूपन्देही, ७ फागुन : बर्षौदेखि प्रदुषित र आर्सेनिकयुक्त पानी पिउदै आएका रुपन्देहीका बासिन्दाले स्वच्छ पानी उपभोग गर्न थालेका छन् । ८ करोड रुपैयाँको लागतमा मोतीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजना सम्पन्न भएपछि बुटवलको १९, २०, २१ र २२ वडाका बासिन्दाले स्वच्छ पानी उपभोग गर्न थालेका हुन् । आयोजनाबाट ११ हजार ५ सय २२ उप...

  • मर्मत सम्भार कार्यकर्ता राखेपछि खानेपानीमा नियमितता (अडियो )

    दैलेख : दैलेखको दुल्लु नगरपालिका ३ मा मर्मत सम्भार कार्यकर्ताको व्यवस्था गरेपछि धारामा नियमित पानी आउन थालेको छ । पानी खोल्ने र बन्द गर्ने काम समेत मर्मत सम्भार कार्यकर्ताले नै गर्ने भएकाले सबै टोलमा पानीको समानुपातिक वितरण गर्न पनि मद्दत पुगेको छ । पानीको मर्मत सम्भार गर्ने सीप भएका व्यक्तिलाई मात्र कार्यकर्ताको जिम्...

  • पोखराको खानेपानीका लागि जाइकाको साढे ४ अर्ब सहयोग

    कास्की : पोखरामा खानेपानी परियोजना निर्माणका लागि जापानी सहयोग नियोग जाइकाले सहयोग गर्ने भएको छ । खानेपानी परियोजना निर्माणका लागि चार अर्ब ५२ करोड अनुदान सहयोग उपलब्ध गराउने सम्झौतामा जापानका राजदूत सामासी ओगावा र अर्थ सचिव शान्तराज सुवेदीले हस्ताक्षर गर्नुभएको छ । खानेपानी प्रशोधन केन्द्र सहित पाइप विछ्याउने काम स...

  • स्कुल जाँदा किताव सँगै पानी

    रामेछाप : पुस्तक र कपी कलम सँगै पानी पनि बोकेर गए पानी पिउन पायो । जसले झोला मात्र बोकेर गयो उसले पानी बिनै दिन कटायो । रामेछापको नागदह गाविसमा रहेको झट्टेश्वर मावि धोवीमा अध्ययरत बालबालिकाहरु विद्यालयमा खानेपानीको अभावमा यस्तै अवस्था झेल्न बाध्य छन् । २०७२ बैशाख १२ को भूकम्पले विद्यालयमा ल्याएको खानेपानीको मुहानमा क्...

  • यस्तो छ, सुर्खेतको खानेपानी अभाव हटाउने योजना

    सुर्खेत : सुर्खेत उपत्यकाले वर्षौदेखि भोग्दै आएको खानेपानीे अभाव हटाउन भेरी नदीको पानी लिफ्टिङ गर्ने देखि विभिन्न योजना अघि सारिएको छ । सुर्खेत उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको झुप्रा वृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अबको तीन वर्षभित्र २२ हजार धारा जडान गर्ने भएको छ । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले...

  • लिफ्ट खानेपानी बिग्रिएपछि एक गाग्री पानीका लागि दिनहुँ डेढ घण्टा

    पर्वत : पानी लिन विहानै घरबाट निस्केकी पर्वत इमिचौरकी माया श्रेष्ठ एक ग्रागी पानी लिएर घर आईपुग्दा घाम घरको धुरीमाथि आइसकेको थियो । केटाकेटीलाई समयमा स्कुल पठाउन भन्दै हस्याङफस्याङ गर्दै घर आईपुग्दा केटाकेटी खाना नखाई स्कुल गइसकेका थिए । २०६७ सालमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले निर्माण गरेको लिफ्ट...

  • मेलम्ची आयोजनाको नाममा पैसा उठाउने व्यक्ति पक्राउ

    काठमाडौ : मेलम्ची आयोजना अन्तर्गत घरघरमा धारा वितरण गरिदिन्छु भन्दै उपभोक्ताबाट रकम असुुली गर्ने काठमाडौं महानगरपालिका वडा नं ३३ कमलपोखरीका धिरज थापा पक्राउ परेका छन् ।  मेलम्ची उपआयोजना २ (आयोजना कार्यान्वयन निर्देशनालय)को समन्वयमा महानगरीय प्रहरी बृत कमलपोखरीको टोलीले थापालाई केही रकम र नक्कली रसिद प्याड र नक्कली फार...