• काठमाडौबासीलाई माघे संक्रान्तिमा मेलम्चीको पानी उपहार

    काठमाडौ : साढे छ महिनादेखि रोकिएको मेलम्चीको पानी माघ १ गतेसम्ममा उपभोक्ताको धारा खसाल्ने तयारी गरिएको छ । खानेपानी मन्त्रालयले बाढी पहिरोका कारण क्षति भएको सिन्धुपाल्चोक स्थित हेलम्बु मुहानमा थुप्रेको गेग्रान पन्छाएर पानी सुरुङमा पठाउन रातदिन काम भइरहेको जनाएको छ । मन्त्रालयका सचिव सुरेश आचार्यले आयोजानाको क्षत...

  • सिँचाई आयोजनाबाट पहिलो पटक ४.७१ मेगावाट विजुली उत्पादन

    कैलाली : देशमै पहिलो पटक सिँचाई आयोजनाबाट विजुली उत्पादन गरिएको छ । कैलालीको रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट गत मंसिरको अन्तिम सातादेखि चार दशमलब ७१ मेगावाट विजुली उत्पादन भैरहेको छ । आर्थिक वर्ष २०६६/६७ मा परम्परागत सिँचाइलाई आधुनिकीकरण गर्ने काम सुरु गरी सिँचाई आयोजनबाट विद्युत उत्पादन गरिएको हो । सरकारले सि...

  • बाढीले मुहान बगाएको बस्तीमा घरघरै धारा पुग्दा …

    जुम्ला : डेढ बर्ष पहिले जुम्लाको हिमा गाउँपलिमामा हप्ता दिनसम्म अविरल बर्षा भयो । बर्षापछि आएको बाढीले जुम्लाको हिमा गाउँपालिका–७ बागबजार गाउँको खानेपानी मुहानै बगायो । मुहान बगाएपछि खानेपानीको हाहाकार भएको बागबजारमा अहिले घरघरमै धारा पुगेपछि स्थानीय दंग भएका छन् । गाउँमा धारा थिएनन् । भएकै मुहान पनि बाढीले बगाए...

  • बायोस्याण्ड फिल्टरमा भविश्य बनाउँदै ‘पवित्रा’ (भिडियो)

    सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका स्थित छिन्चु बजार भन्दा पछाडि पट्टि लहरै बायोस्याण्ड फिल्टरहरु राखिएका छन् । ती मध्ये कतिपय उपभोक्ताको घरसम्म पुर्‍याउनका लागि तयारी अवस्थामा छन् भने कुनै भर्खरै उत्पादन गरिएका छन् । छिन्चुकै पवित्रा खरेल कठायतले बायोस्याण्ड फिल्टरलाई व्यवसायिकता दिन थाल्नु भएको हो । सुरु सुर...

  • ढुक्क हुनुहोस् मेलम्चीको पानी माघको पहिलो साता आउँछ : मन्त्री यादव

    काठमाडौ : खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पुर्‍याइने बताउनुभएको छ । आयोजनाको मुहानस्थल अम्बाथानको आज अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौँ पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गर्नुभयो । उहाँले आयोजनाका स्थानीय भण्डा...

  • रत्ननगर खानेपानी उपभोक्ता संस्थाको एक बर्षको आम्दानी पाँच करोड

    चितवन : चितवनको रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले एक वर्षमा पाँच करोड बढी आम्दानी गरेको छ । संस्थाको १३औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/०८० मा संस्थाले पाँच करोड आठ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको हो । संस्थाले पानी महसुलबाट मात्रै चार करोड ६६ लाख रुपै...

  • गुफा पोखरी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा

    भोजपुर: पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । करिब रु तीन करोड लागतमा निर्माण भइरहेको आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुर अन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको यो आयोजनाको क...

  • राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सनको सुरुङ खन्न ३ किलोमिटर मात्र बाँकी

    सिन्धुली : राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको काम तीव्र रूपमा अगाडि बढेको छ । उक्त आयोजनाको कुल १३.३ किलोमिटर लम्बाइको सुरुङमध्ये हालसम्म १०.५ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । त्यस्तै सुनकोशी नदीमा बाँध निर्माण कार्य भर्खर सुरु भएको छ । उक्त आयोजनाको सुरुङ २०७९ साल असोजदेखि कमला...

  • सिञ्जाको सबै वडामा खानेपानी पुर्‍याउन करिब २ करोडको ठेक्का

    जुम्ला : जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रको सबै वडामा एक घर एक धारा पुर्‍याउने कामको थालनी गरेको छ । पालिकाको वडा नम्बर १ मा रु १ करोड ७३ लाख ८३ हजार लगानीमा खानेपानी आयोजना निर्माणको ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो। वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोज...

  • राष्ट्रिय गौरवको आयोजनामा खानेपानी पाइप विस्तारको काम धमाधम

    कावासोती : राष्ट्रिय गौरवको रूपमा रहेको नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत खानेपानी पाइपलाइन विस्तारको कामले तीव्रता पाएको छ । सडकखण्ड विस्तारको क्रममा जिल्लाको गैँडाकोटदेखि दुम्किबाससम्म २८ किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्ने भए पनि अहिले २१ किलोमिटर खानेपानीको पाइप विस्तारको काम भएको जिल्ला खानेप...