• विद्युत चोरी गरी खानेपानी वितरण गर्नेलाई भारी जरिवाना

    भक्तपुर २२ फागुन । विद्युत चोरी गरी खानेपानी वितरण गरेको पाइएपछि नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले भक्तपुरका विभिन्न खानेपानी उपभोक्ता समितिलाई भारी जरिवाना तिराएको छ । प्राधिकरणले झौखेल कल्पकोटका पूर्णकुमार थुयालाई नियन्त्रणमा लिई १ लाख २७ हजार ३ सय रुपैयाँ असुल जरीवाना गरेको छ । थुयाले विद्युत चोरी गरी ...

  • नगरपालिकाको काम नदीमा फोहोर फाल्ने हो कि, नियन्त्रण गर्ने हो ? (भिडियो)

    म्याग्दी २२ फागुन । म्याग्दीको बेनी नगरपालिकाले बेनी बजारको फोहोर संकलन गरेर कालीगण्डकी नदीमा फ्याँक्दै आएको छ । म्याग्दीको बेनीबजार, मङ्गलघाट र गलेश्वर क्षेत्रमा रहेका झण्डै ८ सय घर, सडक, सार्वजनिक स्थल तथा सरकारी कार्यालयबाट संकलन गरेको फोहोर जत्ति कालीगण्डकी नदीमा फ्याँक्दै आएको छ । फोहोर व्यवस्थापन गर्ने ठाउँको अभा...

  • अव्यवस्थित माछा पसलले वीरगन्जको मीनाबजार दुर्गन्धित

    वीरेन्द्र कर्ण, वीरगन्ज २१ फागुन । अव्यवस्थित माछा पसलका कारण वीरगन्जको मीनाबजार कम्प्लेक्स र त्यसको चारैतिर दुर्गन्ध फैलिएको छ । वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको दुईतल्ले कम्प्लेक्सको माथिल्लो तल्लामा वासी तथा सडेगलेको माछा बिक्री गर्ने र आन्द्राभुँडी तथा कत्ला जथाभावी फाल्ने गरेकाले मीनाबजार दुर्गन्धित भएको...

  • शङ्खमूलसम्मको बागमतीलाई नुहाउन योग्य घोषणा गरिदै

    काठमाडौं २१ फागुन । वाग्मती नदीको शङ्खमूलसम्मको क्षेत्रलाई नुहाउन योग्य घोषणा गरिने भएको छ । बागमतीलाई ढलमुक्त बनाई नुहाउनयोग्य भैसकेकाले आगामी हप्ताको वाग्मती सफाइ महाअभियानमा शङ्खमूलसम्मको क्षेत्रलाई ढलमुक्त र नुहाउन योग्य घोषणा गर्न लागेको हो । आगामी हप्ता वाग्मती सफाइको २०० औं हप्ता भव्य रुपमा मनाउने तयारी गरेको छ...

  • पिउने पानीमा मनपरी औषधि

    ललितपुर २१ फागुन । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चापागाउँ वितरण प्रणाली पुरानो टयांकीमा जथाभावी औषधि हाल्ने गरेको छ । चापागाउँ, झरुवारासी, ठेचो, धापाखेल, सुनाकोठीलगायत पाटनका बासिन्दाले उपभोग गर्दै आएको पानीमा बिनामापन ब्लिचिङ पाउडर हाल्ने गरिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले २०६२ मा जारी गरेको प...

  • सदरमुकामकै बासिन्दा खोलाको पानी पिउन बाध्य

    सोलुखुम्बु २१ फागुन । सदरमुकाम सल्लेरीबासी दूषित पानी पिउन बाध्य छन् । यहाँ पानीको मुहानको सरसफाइ तथा खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन । सदरमुकामबासीले पटक पटक गुनासो पोख्दै आए तापनि सरोकार भएकाहरुले चासो नदिँदा तथा स्थानीय घरबेटीको पहलकदमी कमजोर हुँदा फोहर पानी पिउनुपर्ने बाध्यता छ । सदरमुकाममा प्रशस्तै खा...

  • दुषित पानी र बिषाक्त खानाका कारण धादिङमा झाडापखाला फैलियो

    धादिङ २० फागुन । धादिङको झ्याम्रुङ गाविस वडा नं. ७ को कुमाई गाउँमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट विरामी भएका १८ जना जिल्ला अस्पताल धादिङबेसीमा भर्ना भएका छन् भने अझै ४० जना गाउँमै छट्पटाइरहेका आफन्तको उपचारमा संलग्न नवराज मजाकोटी बताउनुभयो । पानीको अभावमा एक हप्ताअघि एक दर्जन प्लास्टिक ड्रम राखेर खानेपानी संकलन गर...

  • इलाम सदरमुकाममा सधैं पानीको हाहाकार

    इलाम २० फागुन । इलाम सदरमुकाममा पानी आपूर्ति गर्ने आयोजनाको दीर्घकालीन समस्या समाधान नहुँदा हिउँद–बर्खा नै पिउने पानीको समस्या हुने गरेको छ । सुख्खायाममा मूल सुकेर पानी नआउँदा समस्या खेप्ने उपभोक्ता बर्खा लाग्नासाथ विभिन्न स्थानमा हुने क्षतिका कारण पिउने पानीबाट वञ्चित हुन्छन् । इलाम सदरमुकामका बासिन्दालाई प्रतिसेकेन्ड...

  • सहरी फोहोर व्यवस्थापनबाट कृषिमा क्रान्ति

    विवेक धिताल, काठमाडौ २० फागुन । नेपाल एक कृषिप्रधान देश हो भनेर सानैदेखि सुन्दै आएका छौं । तर, व्यवहारमा भने यो खासै देख्न र भोग्न पाएका छैनौं । १९६० को हरित क्रान्ति विश्वको विभिन्न भागमा कृषिमा कायापलट गराउन सफल रह्यो । तर, अब २०१६ मा आइपुग्दा त्यही १९६० को पद्धति अपनाएर हामी सफल हुन सक्दैनाै । त्यसै पनि हरित क्रान्त...

  • नियम मिच्दै धादिङमा चर्पी बनाउन पनि अनुदान

    धादिङ १९ फागुन । चर्पी बनाउन अनुदान दिन नपाइने नियमलाई कुल्चेर धादिङमा कार्यरत गैरसरकारी संस्थाले चर्पी बनाउन धमाधम अनुदान दिइरहेका छन् । भूकम्पले भत्किएको घर पुनःनिर्माणका लागि गाउँ छिरेका गैरसरकारी संस्थाले चर्पी बनाउन नगद तथा सरसामान बाँडिरहेका छन् । भूकम्प प्रभावितलाई कुनै गैरसरकारी संस्थाले नगद पाँच हजार दिएर चर्प...