सुर्खेत : कर्णाली प्रदेशमा सुस्वा आयोजना कार्यान्वयन भएका स्थानीय तहहरूमध्ये सहभागीतात्मक वार्षिक कार्यसम्पादन लेखाजोखा (PAPA) मा उत्कृष्ट प्रदर्शन गरेका सिंजा गाउँपालिका, हिमा गाउँपालिका (जुम्ला) र पलाता गाउँपालिका (कालिकोट) का करिब ३० जना प्रतिनिधिहरूको टोलीले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ...
खानेपानी
-
-
खानेपानीमन्त्री निशा मेहताद्वारा पदभार ग्रहण
काठमाडौ : नवनियुक्त खानेपानीमन्त्री निशा मेहताले पदभार ग्रहण गर्नु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको समेत जिम्मेवारी पाउनु भएकी मेहताले खानेपानी मन्त्रालयको आज मात्र पदभार ग्रहण गर्नु भएको हो । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा सरसफाइ सँग सम्बन्धित विभिन्न निकायका प्रमुख ...
-
कोशी प्रदेशमा तीन दिने वास योजना तयारी तालिम सम्पन्न
ईलाम : कोशी प्रदेशका १२ स्थानीय तहका प्राविधिक जनशक्तिका लागि आयोजना गरिएको तीन दिने वास (खानेपानी, सरसफाइ तथा स्वच्छता) योजना तयारी सम्बन्धी तालिम ईलाममा सम्पन्न भएको छ। कोशी प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, एसएनभी नेपाल तथा सम्...
-
बालेन मन्त्रीमण्डलमा निशा मेहता बनिन् खानेपानीमन्त्री
काठमाडौ : बालेन शाह नेतृत्वको मन्त्रीमण्डलमा सांसद निशा मेहता खानेपानी र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नियुक्त हुनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद मेहता सुनसरी इनरूवाका हुनुहुन्छ । रास्वपामा स्थापनाकालदेखि नै सक्रिय मेहता २०४४ साल साउन २२ गते इनरूवामा जन्मिनु भएको हो। नव नियुक्त मन्त्री ...
-
अनुसन्धान समन्वय बैठक : बहु-विषयगत तथा तथ्यांकमा आधारित अनुसन्धानलाई तीव्रता दिनुपर्ने निष्कर्ष
काठमाडौं : नेपालमा भूमिगत पानीको दिगो व्यवस्थापनका लागि समन्वित, बहु-विषयगत तथा तथ्यांकमा आधारित अनुसन्धानलाई तीव्रता दिनुपर्ने अनुसन्धान समन्वय बैठकले निष्कर्ष निकालेको छ। राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको आयोजनामा खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीको अध्यक...
-
खानेपानी तथा सरसफाइ क्षेत्रमा महिला नेतृत्व: आवश्यकता र सम्भावना
‘पहिले घरबाट बाहिर निस्कने वातावरण नै थिएन,’ ललितपुरको लुभु–८ की सरु श्रेष्ठ भन्छिन्, “तर सामाजिक रूपमा सक्रिय हुने मेरो चाहनालाई नमारी अगाडी बढ्दै गएपछि अहिले म खानेपानी उपभोक्ता संस्थाको उपाध्यक्षको पदसम्म पुगेकी छु।’ श्रेष्ठका अनुसार उनीसहितको टिमले लुभुको तल्लो दोभान क्षेत्रमा करिब २ हजार ६५ जनालाई खानेपानी सेव...
-
१२६ करोड लागतको धौलिगाड खानेपानी आयोजना अलपत्र
जुम्ला : जुम्लाका ८ हजार बढी घरधुरीमा ‘एक घर, एक धारा’सहित निर्माण गर्न लागिएको धौलिगाड खानेपानी आयोजना अलपत्र परेको छ । निर्माण सुरु भएको पाँच वर्षसम्म आयोजना अघि नबढ्दा जुम्लामा स्वच्छ खानेपानीको अभाव देखिएको छ । २०७८ चैत ५ गते तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले आयोजना शिलान्यास गरेका थिए । २०६६ सालदेख...
-
छम्पीमा ‘पानी र लैंगिकता’ विषयमा गीत प्रतियोगिता, महिलाको भूमिका माथि जोड
ललितपुर : विश्व पानी दिवस २०२६ को अवसरमा ललितपुरको गोदावरी नगरपालिका–९, छम्पीमा ‘पानी र लैंगिकता’ विषयक गीत प्रतियोगिता सम्पन्न भएको छ। परम्परागत संगीत र स्थानीय कलाको माध्यम मार्फत पानी व्यवस्थापनमा महिलाको भूमिकाबारे संवाद प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। प्रतियोगितामा सहभागीहरूले दैनिक जी...
-
खानेपानी तथा सरसफाइ सेवा नियमन र महसुल निर्धारण सुदृढ गर्न पाँच बुँदे निष्कर्ष
काठमाडौं : खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले खानेपानी तथा सरसफाइ सेवा प्रवाह सुदृढीकरण, समन्वय अभिवृद्धि तथा प्रभावकारी महसुल व्यवस्थापनका लागि पाँच बुँदे निष्कर्ष निकालेको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, खानेपानी तथा सरसफाइ क्षेत्रमा क्रियाशील संघसंस्था, साझेदार संस्था र खानेपानी तथा सरसफा...
-
गोरखामा खानेपानी उपभोक्ता संस्था खारेजको प्रयास प्रति खानेपानी महासंघको आपत्ति
काठमाडौं : गोरखा नगरपालिका अन्तर्गत खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डले पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई खारेज गरी आफैं सञ्चालनमा ल्याउने आशय व्यक्त गरेपछि त्यसप्रति राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले आपत्ति जनाएको छ। महासंघका अध्यक्ष खेमराज वलीले एक प...
- « Previous Page
- 1
- …
- 36
- 37
- 38
- 39
- 40
- …
- 503
- Next Page »











