• नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. भट्टराई नियुक्त

    काठमाडौ : नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. ढुण्डीराज भट्टराई नियुक्त हुनुभएको छ । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार डा. भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित) को दफा ११ (१ ) बमोजिम तीन वर्षका लागि नियुक्त गरिएको खानेपानी मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले बताउनु...

  • मानगढ खानेपानीमा एमालेका ढकाल समूह विजयी

    विराटनगर : मानगढ खानेपानी आयोजनाको व्यवस्थापन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा नेकपा एमालेको विद्रोही समूहका उम्मेदवार लालमणी भट्टराई निर्वाचित भएका छन् । संस्थाको नेतृत्वका लागि भएको निर्वाचनमा एमालेको संस्थापन पक्षका उम्मेदवार रामबहादुर घिमिरे र कांग्रेस उम्मेदवार दुर्गा चापागाईलाई पराजि...

  • मधेस प्रदेशका तीन प्रतिशत जनसंख्याको मात्र खानेपानी संस्थानको पानीमा पहुँच

    जनकपुरधाम : गर्मीयाममा खानेपानीको चरम अभाव खेप्ने बाध्य हुने मधेशमा ३ प्रतिशतले मात्र खानेपानी संस्थानले उपलब्ध गराउने खानेपानी प्राप्त हुने गरेको छ। प्रदेशको आठ वटै जिल्लामा नेपाल खानेपानी संस्थानले ९ वटा शाखाबाट खानेपानी सेवा दिइराखे पनि कुल जनसंख्याको मात्र ३.४१ प्रतिशत उपभोक्तालाई खानेपानीको सुविधा उपलब्ध गर...

  • हंसपुरमा वास क्षेत्रगत योजना पुनरावलोकन र वित्तिय रणनीति तर्जुमा

    धनुषा : धनुषाको हंसपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा रु. १ करोड ५२ लाख विनियोजन गर्ने साझा प्रतिबद्धता जनाएको छ। २०८२ जेठ ९ र १० गते आयोजित “खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रगत योजना पुनरावलोकन तथा वित्तीय रणनीति तर्जुमा कार्यशाला” मा नगरपालिकाका प्र...

  • खानेपानी उपभोक्ता संस्थाको चुनावमा दलिय प्रतिस्पर्धा, मानगढ खानेपानीमा एमालेकै दुई प्यानल भिड्दै

    विराटनगर : मानगढ खानेपानी आयोजना अन्तर्गतको विराटनगर खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि आज दोस्रो पटक मतदान भइरहेको छ । उच्च अदालत विराटनगरले यस अघि भएको निर्वाचन परिणाम बदर गरेपछि ठिक १ वर्षपछि आज पुन मतदान भैरहेको हो । यस अघि मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्वका लागि २०८१ जेठ १९ गते निर्वाचन भएको...

  • मधेसका स्वास्थ्य संस्थामा वास पूर्वाधार सुधार, बार्षिक २ हजार ५ सय बिरामी र स्वास्थ्यकर्मी लाभान्वित

    मधेस प्रदेश : मधेस प्रदेशका छ वटा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन प्रणालीमा उल्लेखनीय सुधार भएको छ। छायाँ नेपालले सञ्चालन गरेको ‘सुरक्षित रूपमा व्यवस्थित र जलवायु उत्थानशील खानेपानी, सरसफाइ र स्वच्छता सेवा सुविधाहरूका लागि प्राविधिक सहयोग कार्यक्रम’ बाट प्रति वर्ष झण्डै २ हजार ५ सय जना ...

  • बृहत् धौलीगाड खानेपानी आयोजनामा आर्थिक अभाव

    जुम्ला : जुम्लाको सबैभन्दा ठुलो खानेपानी आयोजना बृहत् धौलीगाड खानेपानी आयोजनाको २२५ किलोमिटर क्षेत्रमा खानेपानीको पाइप बिछ्याइएको छ । सदरमुकाम खलङ्गासहित चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकामा पाइप बिछ्याउने काम तीव्र गतिमा भइरहेको हो । सङ्घीय खानेपानी तथा ढल निकास आयोजना जुम्लाका अ...

  • वास प्लानको आधारमा गरिएको प्लानिङ र बजेटिङले मात्र योजनाबद्ध विकास : सहसचिव श्रेष्ठ

    ललितपुर : खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले वास प्लानको आधारमा गरिएको प्लानिङ र बजेटिङले मात्र योजनाबद्ध विकास हुने भएकाले सबै स्थानीय तहहरुलाई सोही अनुरुप गर्न गराउन आग्रह गर्नुभएको छ । गोदावरी प्रावल्य वास परियोजनाले गोदावरीमा आयोजनामा युरोपियन युनियन, यु.एन. ह्याबिटाट, वाटर एड, स्वीडेनको भ्याकिन लगायत ...

  • नलगाड नगरपालिकामा सुरक्षित खानेपानी सेवा विस्तार : इन-लाइन क्लोरोनेसन जडान

    जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न बस्तीहरूमा सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनामा इन-लाइन क्लोरिनेसन प्रणाली जडान कार्य सम्पन्न भएको छ। गत डिसेम्बर महिनामा भूकम्प प्रभावित क्षेत्रका समुदायलाई लक्षित गर्दै युनिसेफ र सोसेक नेपालको सहकार्यमा सञ्चालित Earthquake Recovery Program अन्तर्गत नलगाड नगरपालिकामा निर्माण...

  • वैदेशिक सहकार्यको प्रतिफल: लेलेमा एकीकृत खानेपानी आयोजनाको उदघाटन

    ललितपुर : धेरै पहाडी गाउँहरू अझैसम्म पनि स्वच्छ र सुरक्षित खानेपानी केवल सपना बनेर बाँचेको छ। तर आज ललितपुरको गोदावरी नगरपालिका ५ स्थित लेले गाउँले त्यो सपना पुरा गरेको छ । पानी त लेलेमा पहिले पनि थियो, तर त्यो पानी केवल प्यास मेटाउने माध्यम थियो, स्वच्छताको प्रत्याभूति होइन। धमिलो, कहिले फोहोर, कहिले लेउ मिसिएक...