• बनियानीलाई यसरी गरियो, खुल्ला दिसामुक्त घोषणा (फोटो फिचर)

    बनियानी (झापा) झापाको कचनकवल गाउँपालिकामा पर्ने साविक बनियानी गाउँ विकास समिति खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देन र जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबार आयोजित घोषणा समारोहमा बनियानीलाई खुल्ला दिसाम...

  • विद्यार्थीले हेडमास्टरलाई थमाए, चर्पी बनाउन अनुरोध पत्र

    विनोद धौलागिरि, शरणामती (झापा) त्रिसठ्ठी बसन्त पार गरेका झापा शरणामतीका टेकनारायण राजवंशीले आफ्नो जीवनका ३७ वर्ष विद्यार्थीलाई सरसफाइ पढाएरै बिते । सेवा निवृत्त जीवन बिताइरहेका टेकनारायणलाई आइतबार आफैले पढाएको महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरुले सरसफाइको पाठ पढाए । टेकनारायणको घरमा अहिले पनि चर्पी छैन, र खोलाक...

  • गुह्य खोलाको नाम यसरी रहन गयो साउन धारा

    नुवाकोट : कुनै समय नुवाकोटको मेघाङ गाउँपालिका किम्ताङ गाउँको बीच भागबाट बग्ने सानो खोलाको नाम थियो ‘क्लि स्योङ’ । गाउँभरिकै मानिसले दिसा गर्ने भएकाले त्यो खोल्सीलाई ‘क्लि स्योङ’ नामकरण गरिएको थियो । तामाङ भाषामा ‘क्लि’ भनेको दिसा र ‘स्योङ’ भनेको ‘खोला’ हो । गाउँलेले खोलामा दिसा गरेकै कारण क्लि स्योङ अर्थात गुह्य खोला...

  • खुला ठाउँमा दिसा गर्ने जनप्रतिनिधीलाई तिराए ५ सय जरिवाना

    सिरहा : सिरहाको नरहा गाउँपालिका वडा नं. ३ का सदस्य जगदेव महरालाई खुला ठाउँमा दिसा गरिरहेको अवस्थामा सरसफाइ अभियानको टोलीले पक्राउ गरी पाँच सय जरिवाना तिराएको छ । टोलीले जनप्रतिनिधि महरालाई आइन्दा खुला ठाउँमा दिसा नगर्ने र चर्पी बनाउने शर्तमा छाडिएको हो ।   जरिवाना तिरेपछि आइन्दा खुला ठाउँमा दिसा नगर्ने वाचा गर्दै...

  • नक्टाझिजमा पूर्ण सरसफाइ अभियान संचालन गर्न समिति गठन

    विनोद कुमार महतो, धनुषा : धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजमा पूर्ण सरसफाइ अभियान संचालनका लागि १५ सदस्यीय वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरेको छ । वडा कार्यालयमा शुक्रवार भएको वृहत छलफल पछि वडा अध्यक्ष विहारी महतोको अध्यक्षतामा समिति गठन गरिएको हो । नक्टाझिजमा पूर्ण सरसफाइ अभियान सञ...

  • सरसफाइका लागि सांसद यादवद्वारा साइकल यात्रा शुरु

    विनोद कुमार महतो, धनुषा : धनुषामा सरसफाइ र गुणस्तरीय शिक्षाका विषयमा चेतना जगाउने उद्देश्यले प्रदेश सभा सदस्य ज्ञानेन्द्र कुमार यादवको नेतृत्वमा सप्ताहव्यापी साइकल यात्राको शुरुवात गरिएको छ । अभियानकर्ता यादवको अगुवाईमा शुरु भएको अभियान अन्तर्गत शुक्रवार बसविट्टी र कुर्थामा रहेका विद्यालयहरुमा सरसफाइ र गुणस्तरीय शिक्षा...

  • NSHCC बैठकमा ‘फुटबल कथा’

    काठमाडौ : ‘फुटबल खेलमा जब अन्तिम समय आउँछ, त्यत्तिबेला दुवै टीम गोलपोष्टमा फुटबल छिराउन अन्तिम बल लगाइरहेका हुन्छन् । हो, अहिले सरसफाइ पनि ठीक यस्तै अवस्थामा छ’ बैठकको अध्यक्षता गरिरहनुभएका सहसचिव ज्योति कुमार श्रेष्ठले सरसफाइलाई फुटबल खेल सँग तुलना गर्दै भन्नुभयो ‘गोल गर्ने बेला बढी शक्ति, बल त लगाउनै पर्छ, यो यही बेल...

  • सरसफाइका लागि प्रदेश सांसद ज्ञान भैयाको साइकल यात्रा

    विनोद कुमार महतो, जनकपुर प्रदेश सांसद ज्ञानेन्द्र कुमार यादव (ज्ञान भैया) को नेतृत्वमा भोलि (शुक्रबार) देखि धनुषाको सरसफाइ र गुणस्तरीय शिक्षाका लागि सप्ताह व्यापी साइकल यात्रा हुने भएको छ । संघीय समाजवादी फोरम नेपाल धनुषा निर्वाचन क्षेत्र ४ ‘क’ बाट प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित सांसद यादवले आफ्नो निर्वाचन क्षेत्...

  • राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको अध्यक्षमा खनाल

    काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको अध्यक्ष परिवर्तन भएको छ । यसअघिका अध्यक्ष ज्योति कुमार श्रेष्ठले खानेपानी तथा सरसफाइ मन्त्रालयको योजना, अनुगमन तथा वैदेशिक सहयोग महाशाखा सम्हाल्ने भएपछि खानेपानी तथा वातावरण महाशाखा प्रमुख अनिल भद्र खनाल, समितिको अध्यक्ष बन्नुभएको हो ।   सरसफाइ गुरुयोजना २०६८...

  • झापालाई चैत्र २२ गते खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता

    भद्रपुर (झापा) : झापा जिल्लालाई यही वर्षको चैत्र २२ गते खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाको बैठकले सो प्रतिवद्धता व्यक्त गरेको हो । बैठकले खुल्ला दिसामुक्त अभियानको गुणस्तरको एकरुपता र प्रभावकारिताका लागि गुणस्तर अनुगमन मार्गदर्शन २०७४ सम...