• ४२ वटा खानेपानी योजनाबाट ६ सय ९८ घरमा खानेपानीको पहुँच

    बेनी : म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका खानेपानी योजनाबाट ६ सय ९८ घरमा खानेपानीको पहुँच पुगेको हो । प्रदेश सरकारबाट ३४ र सङ्घीय सरकारबाट प्राप्त आठ गरी ४२ वटा खानेपानी योजना सञ्च...

  • संघीय खानेपानीले लहानको ४ वटा वडामा खानेपानी विस्तार गर्दै

    सिरहा : सिरहाको लहान नगरपालिका स्थित वडा नं. १९, २०, २१ र २२ को बासिन्दाका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय धनुषाले खानेपानी आयोजना निर्माण गर्ने भएको छ। खानेपानी आयोजना निर्माणका लागि सर्भे गर्ने काम सम्पन्न भैसकेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनुषाका आयोजना प्रमुख लोकेन्द्र यादवले ब...

  • खानेपानी मन्त्रालयमा थप बजेटको व्यवस्था गर्न अधिकतम प्रयास गर्नेछु : मन्त्री यादव

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागमा स्वागत तथा कार्य विवरणबारे जानकारी दिन आज आयोजित कार्यक्रममा उहाँले मन्त्रालयमा थप बजेटको व्यवस्था गरी समस्या समाधानका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता व्यक...

  • तीन वटा निर्माण कम्पनी फेर्दा पनि खानेपानी योजनाको काम कमसल

    म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–२ खबरामा खानेपानीको पहुँच विस्तार भएको छ । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका खबरावासीहरुलाई लक्षित गरेर चार वर्ष वर्ष अघिदेखि सञ्चालन गरिएको खबरा खानेपानी योजना मार्फत एक सय ८० घरधुरीमा खानेपानीका धारा जडान गरिएको हो । योजना पूर्णरुपमा सम्पन्न नभए पनि अहिलेसम...

  • दिसाजन्य लेदो समेत प्रशोधन हुने फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास (भिडियो)

    काठमाडौ : दिसाजन्य लेदो समेत प्रशोधन गर्न मिल्ने गरी निर्माण गर्न लागेको गोकर्ण फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास गरिएको छ। दैनिक ३० लाख लिटर फोहोरपानी र १० हजार लिटर दिसाजन्य लेदो प्रशोधन गर्न मिल्ने फोहोरपानी प्रशोधन केन्द्रको गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले शिलान्यास गर्नुभयो। आयोजना कार्य...

  • मेलम्चीको पानी बाह्रै महिना ल्याउने गरी प्रस्ताव पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन

    काठमाडौ : मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न ठोस सुझाव सहितको प्रस्ताव पेश गर्न सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना खानेपानी आप...

  • खानेपानीको सहज उपलब्धताले दैनिकीमै फेरबदल

    दैलेख : दैलेखको भैरवी गाँउपालिका–१ रावतकोटका बासिन्दालाई बर्षा लागेर मूल नफुट्दासम्म खानेपानीको अति नै दुःख हुन्थ्यो। पानीको अभाव भएपछि सधैं आकाशेपानीकै भरमा गुजारा चलाउनु पर्थ्यो। बर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका रावतका किसानलाई आजभोलि घरघरमै खानेपानीको सुविधा पुगेपछि त्यो बाध्यता हटेको छ । ‘हामी लामो स...

  • सिँचाइ कुलो निर्माणले किसानमा ल्यायो खुसीयाली

    दैलेख : दूल्लु नगरपालिका–६ छिउडी पुसाकोटका किसान सरस्वती खड्का पछिल्लो समयमा खुशी हुनु भएको छ । गाउँमा खेतबारीमा सिँचाइ गर्ने कुलो पक्की बनेपछि उहाँमा खुशीको सीमा छैन। वर्षौंदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझै रहेकामा अहिले सिँचाइ कुलोबाट पानी आउन थालेपछि सहज भएको खड्काको भनाई छ । सिंचाई कुलो निर्माण भएप...

  • सौर्य लिफ्ट खानेपानीले आय आर्जनको बाटो खुल्यो

    दैलेख : भैरवी गाँउपालिका–१ रावतकोटका किसानलाई सिँचाइ नहुँदा खेतीपाती गर्न निकै कठिन हुन्थ्यो । पानीको अभाव भएपछि सधैं आकाशेपानीकै भरमा खेती गनुपर्ने बाध्यता थियो। वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका रावतका किसानलाई आज भोलि भने सिँचाइ सुविधा पुगे पछि त्यो बाध्यता हटेको छ । ‘हामी लामो समयदेखि खानेपानीको समस्य...

  • जनता नमुना माविमा शीतल जल

    विराटनगर : विराटनगरको शंकरपुर स्थित जनता नमुना माविमा माहेश्वरी महिला मञ्चले खानेपानीको फिल्टर प्लान्ट जडान गरेको छ । शीतल जल नाम दिईएको उक्त प्लाण्टको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निरौला कार्कीले मङ्गलवार उद्घाटन गर्नुभयो। मञ्चले विद्यार्थी, शिक्षक र सर्वसाधारणले समेत सेवा पाउने गरी विद्यालय परिसरभित्र...