सर्लाही : नगरपालिकाद्वारा सेवाग्राहीलाई प्रदान गरिने सेवालाई सहज बनाउने उद्देश्यले सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाले नागरिक सहायता कक्षा संचालनमा ल्याएको छ । बागमती सेवा समाज नेपाल, सर्लाहीद्वारा अमेरिकी सहयोग नियोग युएसएडको सहयोगमा संचालित तयार परियोजनाको सहजीकरणमा संचालनमा ल्याइएको उक्त सहायता कक्षको एक समारोहक...
सरसफाइ
-
-
क्षेत्रगत प्रज्ज्वलन : सरसफाइको क्षेत्रमा गरिएको नेपालको मौलिक प्रयोग
वैचारिक धरातल विश्व स्तरमा युगौंदेखि नै व्यापक रूपमा ‘दिमाग प्रधान’ सोचबाट सरसफाइ क्षेत्रको विकास निर्देशित हुँदै आएको देखिन्छ । जुन सोच अन्तर्गत सरसफाइको ज्ञानात्मक पक्षमा बढी जोड दिइन्छ । साथै मौजुदा सिद्धान्तहरूको सहारा लिई सघन रूपमा कारण र परिणामको खोजी गरिन्छ । यसका अतिरिक्त चुनौती सम्बोधनका लागि प्रायःजसो ...
-
नदीकिनारको डम्पिङसाईडले धार्मिक कार्यमै असर
रामेछाप : मन्थली नगरपालिकाले रणजोर खोलाको किनारमा डम्पिङसाइड बनाएपछि स्थानीय समस्यामा परेका छन् । शव जलाउँदा, धार्मिक पर्वमा नुहाउने लगायत कार्यका लागि स्थानीय त्यस क्षेत्र पुग्नु पर्ने बाध्यता छ । ‘नगरपालिका भएपछि फोहोरको दीर्घकालीन समाधान होला भन्ने सोचेका थियौं ’, स्थानीय सिताराम कार्की भन्छन्, ‘तीन वर्ष बिते य...
-
महिनादिन भित्रै बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मन्त्रीको निर्देशन
काठमाडौ : अबको एक महिनाभित्र बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्देशन दिनुभएको छ । शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि बन्चरेडाँडा ल्यान्डफिल साइटको निरीक्षण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले आलटाल नगरी महिनाभित्रै फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिन...
-
स्वच्छ खानेपानी र सरसफाइको पहुँचले सहयोग पुर्याउने अन्य दिगो विकास लक्ष्यहरु
दिगो विकास लक्ष्यको विश्वव्यापी लक्ष्य अन्तर्गत गरिबिको परिभाषाभित्र हरेक व्यक्तिका आधारभूत आवश्यकताहरुमा पहुँच नहुनुलाई जनाउँदछ । जस अन्तर्गत स्वच्छ खानेपानी र सरसफाइ आम मानिसका लागि प्रमुख दुइ आधारभूत आवश्यकताहरु हुन् । साभार : वाटर एड र गैरसरकारी संस्था महासंघद्वारा प्रकाशित दिगो विकास लक्ष्य अभिमुखीकरण सामग्...
-
चर्पी होइन खर्चिलो, अपाङगता भएका व्यक्तिलाई सजिलो
♦ अर्जुन दाहाल “शौच गर्न हामीजस्तो जहाँसुकै जान नसक्नेका लागि त चर्पी नभइ नहुने कुरा रहेछ, चर्पी बनेपछि मलाई धेरै राहत भएको छ, चर्पीले दिएको सुविधाको तुलनामा त यो खर्च धेरै पनि होइन” उहाँले आफ्नो अनुभव सुनाउनुभयो । ४५ वर्षका राजकुमार सदाको बासस्थान नजिकै कमला नदी छ, जुन नदीले धनुषा र सिरहा जिल्लाको सीमाको पन...
-
कार्कीडाँडा : दिगो सरसफाइको उत्तम उदाहरण
♦ भरत अधिकारी “हाम्रै गाउँले यहाँ वरपरका दश गाउँलाई चर्पीमा दिसा गर्न सिकायो” धादिङ जिल्लाको कार्कीडाँडाका विष्णुबहादुर थापा भन्नुहुन्छ “हामीले चर्पी प्रयोग गरेको देखेर नै बाटो लाइन र बजारका मानिसले पनि चर्पी प्रयोग गर्न सिकेका हुन् ।” उहाँको यो भनाईसँग सिम्ले बजारका व्यापारी ध्रुव थापा पनि सहमत हुनुहुन्छ ...
-
बाजुराका घरघरमा राता, हरिया र पहेँला झण्डा
बाजुरा :अहिले यस क्षेत्रका घरहरूमा तीनथरी झण्डा देख्न सकिन्छ । जसको घरमा चर्पी प्रयोग भएको छैन, त्यो घरमा पहेँलो झण्डा, जसकोमा चर्पी प्रयोग भएको छ तर जुठ्यान र भाँडा सुकाउने चाङ बनेको छैन, त्यस्तो घरमा रातो झण्डा राखिन्छ । त्यस्तै, जसको घरमा पूर्ण सरसफाइका सबै सूचक पूरा गरिएको छ, त्यो घरमा हरियो झण्डा राख्ने गरिएको...
-
नेपालगञ्जका टोल–टोलमा हात धुने अभ्यास
भिष्म लोध, बाँके : बाँके जिल्लामा अहिले हात धुने अभियान संचालन भइरहेको छ । बिभिन्न प्रकारको संक्रमण हातको माध्यमबाट हुने हुँदा हात सफा हुनु आवश्यक छ । सोही सचेतना बढि भन्दा बढि व्यक्तिसम्म पुगोस, संक्रमण हुने सम्भावनाबाट जोगिउन भन्नका लागि जिल्लामा अहिले हात धुने अभियान संचालन भइरहेको हो । बिश्व हात धुने दिवस–२०...
-
ओगानेम आमा समूह जुरुक्क उठेपछि गाउँ चिरिच्याट्ट
सोलुखुम्बु : जब ओगानेम महिला समूहका दिदीबहिनीहरु जुरुक्क उठे, थुलुङ दुधकोशी गाउँपालिका आसपासको क्षेत्रको बाटोघाटो तथा घरआँगन क्षणभरमै सफासुग्घर देखिए । ओगानेम महिला समूहका दिदीबहिनीहरुले गाउँपालिका कार्यालय आसपास, लक्ष्मी बैंक ,वीरेन्द्रोदय माध्यमिक विद्यालय मुक्ली, वडा कार्यालय, स्वस्थ्य चौकी र सडक तथा चौतारोको सरसफ...






