काठमाडौ : देशभरिका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुखहरुका लागि दिसाजन्य लेदो व्यवस्थापन र मानव मलमूत्र फोहोर व्यवस्थापनका लागि संस्थागत तथा नियामक खाकाबारे जानकारी तथा छलफलका लागि कार्यशाला हुँदैछ । खानेपानी तथा ढल निकास विभाग अन्तर्गतको तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना सोसाइटी अफ पब्लिक...
पूर्ण सरसफाइ
-
-
बझाङमा पूर्ण सरसफाइ, महिनावारी स्वच्छता तथा पोषण सम्मेलन
बझाङ : बझाङको तल्कोट गाउँपालिकाले पूर्ण सरसफाइ र महिनावारी स्वच्छता तथा पोषण सम्मेलन गरेको छ । स्थानीय तहलाई पूर्ण सरसफाइयुक्त बनाउन योजना निर्माण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको तल्कोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिद्धराज भण्डारीले जानकारी दिनुभयो । गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउने बिषयमा बालबाल...
-
जगदम्बिका माध्यमिक विद्यालय सरसफाइमा नमुना बन्दै
बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नं. १ शान्तिपुरमा रहेको जगदम्बिका माध्यमिक विद्यालय सरसफाइमा नमुना बन्दै गएको छ । विद्यालयमा पूर्ण सरसफाइ अभियान सञ्चालन भएपछि सरसफाइको अवस्था सुध्रदै गएको हो । विद्यालयमा गठन गरिएको सभ्यता बाल क्लबले सरसफाइ सम्बन्धी क्रियाकलाप सञ्चालन गर्दै आएको छ भने विद्यालयले फूलबारी...
-
कान नसुन्ने र बोल्नै नसक्ने दम्पत्ती नै समाजको रोल मोडल
“जब चाहना बलियो हुन्छ तब केही अबरोध हुन्न”, लोहागढ सरसफाइ नमुना टोलका अध्यक्ष लौटन चौधरीले गर्व गर्दै भन्नुभयो “कानै नसुन्ने र बोल्नै नसक्ने दम्पत्ती नै हाम्रो टोलमा उदाहरणीय बन्नु भएको छ।” गेरुवा गाउँपालिकाको वडा नं ६ साविक मनाउ गाविसमा पर्दछ लोहागढ । यस समुदायमा थारु जातिका ३५ घरपरिवारका २०५ जना बसोबास गर्दछन् । द...
-
बढैयातालले सबै वडाको सरसफाइ कोषमा बजेट दिने
बर्दिया : बढैयाताल गाउँपालिकाले पूर्ण सरसफाइ अभियान सञ्चालन गर्न गाउँपालिकाको ९ वटै वडाको छुट्टाछुट्टै खाता खोली रकम थप गर्ने भएको छ । GSF कार्यक्रम र तत्कालीन गाउँविकास समितिले सरसफाइ समपूरक कोष स्थापना गरी खुला दिसामुक्त अभियान सञ्चालन गर्दा अभियान सञ्चालन गर्न सजिलो भएकाले पूर्ण सरसफाइ अभियानमा पनि सोही अवधारणा लागु...
-
आहा ! बेलपुर
नेपालगञ्ज देखि ८५ कि.मि. तथा बर्दियाको गुलरियादेखि ५० किलोमिटर उत्तरपश्चिमको यात्रा पार गरेपछि पुगिन्छ, गेरुवा गाउँपालिका वडा नं २ तथा साविक पाताभार गाविस वडा नं २ (उल्टनपुर) को बेलपुर समुदाय । बेलपुरमा ३५ घर थारु जातिको बसोबास रहेको छ । वाटर सप्लाई एण्ड स्यानिटेसन कोलावोरेटिभ काउन्सिल (WSSCC), ग्लोबल स्यानिटेशन फण्...
-
अब पूर्ण सरसफाइ अभियानले पनि खुला दिसामुक्त अभियानले जस्तै तीब्रता पाउने
भक्तपुर : खुला दिसामुक्त अभियानमा मात्र बढी ध्यान केन्द्रित गरेको सरकारले अब पूर्ण सरसफाइ अभियानलाई पनि त्यत्तिकै तीब्रता दिने भएको छ । विहीबार राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र भक्तपुरमा भएको पूर्ण सरसफाइ सम्बन्धी कार्यशालामा खुला दिसामुक्त अभियानलाई भन्दा पूर्ण सरसफाइ अभियानलाई कम प्राथमिकता दिएको महसुस...
-
सामाजिक सुरक्षा भत्ता पाउन नङ काटेकै हुनुपर्ने
रोल्पा : २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ । अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका जनप्रतिनिधिले विभिन्न सिर्जनशील अभ्याससमेत गर्न थालेका छन् । रोल्पाको सुकिदह गा...
-
राष्ट्रिय सरसफाइ सप्ताहमा बर्दियामा के के भए ?
बर्दिया : राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा बर्दियाका ४ समुदाय एकैदिन पूर्ण सरसफाइ उन्मुख स्वःघोषणा भएका छन् । बर्दियाको गेरुवा गाउँपालिकाका चारवटा समुदाय शुक्रबार पूर्ण सरसफाइ उन्मुख समुदाय स्वःघोषणा भएका हुन् । गेरुवागाउँपालिका वडा नं ६ स्थित लोहागढ, १ स्थित उत्तरपुरुवा र पट्वारीपुर तथा वडा नं. २ स्थित पट्वारीप...
-
डोटीलाई बर्षदिन भित्रै पूर्ण सरसफाइ बनाउने बहस शुरु
डोटी : डोटी जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेको झण्डै एक वर्षपछि पूर्ण सरसफाइका लागि बहस शुरु भएको छ । ‘१९ औँ राष्ट्रिय सरसफाइ सप्ताह’का अवसरमा यो बहस शुरु भएको हो । गत वर्ष २०७४ असार २८ गते खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । छ वर्षअघिदेखि जिल्लाका विभिन्न भागमा खुल्ला दिसामुक्त घोषणा अभियानसँगै सरसफाइ ...









