• बीस जिल्लामा आर्सनिकमुक्त पानी पु¥याइने : मन्त्री सिंह

    बर्दिया २० फागुन । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले तराईका २० जिल्लामा आर्सेनिकमुक्त पानी पु¥याउने बताउनुभएको छ । बर्दियाको सानोश्री ताराताल नगरपालिकामा रहेको कुसुम्बा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौँ वार्षिक साधारणसभाको विहिबार उद्घाटन गर्दै मन्त्री सिंहले यस्तो बताउनुभएको हो । तराई मधेस खाने...

  • घोरहीका उपभोक्ता धाराको मात्र बिल तिर्न वाध्य (अडियो रिपोर्ट)

    दाङ १९ फागुन । घोरही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नियमित खानेपानी आपूर्ति नगर्दा दाङको घोरही नगरपालिकाका बासिन्दा धाराको मात्र विल तिर्न बाध्य छन् । पानी नआएपनि महिनाको १६० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको उपभोक्ताहरु बताउँछन् । तर उपभोक्ता समितिका अध्यक्ष देवी बहादुर डिसी भने धारामा पानी पठाउन समस्या भएको क्...

  • यसरी हुदैछ, रातैभर मेलम्चीको काम (भिडियो)

    काठमाडौ १८ फागुन । राती सुत्ने बेला केही नभएको सडकमा विहान उठेर हेर्दा पाइप विछ्याइसकेको देख्दा ललितपुर सातदोबाटोका संजीव डंगोल छक्क पर्नुभयो । संजीव जस्ता धेरैलाई अचम्मित तुल्याउने गरी अहिले काठमाडौको विभिन्न स्थानमा रातारात काम भैरहेको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार काठम...

  • देशका २५ जिल्लामा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुने

    काठमाडौ १८ फागुन । एसियाली विकास बैँकको सहयोगमा देशका २५ जिल्लामा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुने भएको छ । खानेपानी तथा ढल निकास विभागले एसियाली विकास बैँकको एक अर्ब २५ करोड ऋण सहयोगमा २५ जिल्लामा आयोजना सञ्चालन गर्न लागेको हो । कार्यक्रम तनहुँ, इलाम, झापा, भोजपुर, सुनसरी, खोटाङ, उदयपुर, सिरहा, धनुषा,...

  • पाँच वर्षभित्र सबै नेपाली स्वच्छ पानीको पहुँचमा

    कालीकोट १७ फागुन । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले नेपालमा अबको पाँच वर्षभित्र सबै नेपालीले स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने जिकिर गर्नुभएको छ । खानेपानी तथा सरसफाइ सम्मेलनका क्रममा यहाँ आइपुग्नुभएका मन्त्री सिंहले दुर्गम क्षेत्रका समुदायलाई पनि स्वच्छ खानेपानीको पहुँचमा ल्याइने बताउनुभयो । खानेपानीका...

  • म्याग्दीमा चिमखोला वृहत खानेपानी आयोजना सुरु

    म्याग्दी १७ फागुन । म्याग्दीको बाबियाचौर स्थित चिमखोला बृहत खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । योजना अन्तर्गत सबै घरमा मिटर सहितको निजी धारा, वडा नंं. २ देखि ७ नम्बर सम्म ढल निकासका लागि पूर्वाधार बनाइनेछ । यस्तै एक लाख ५० हजार र चार हजार लिटर क्षमताका एक–एक वटा ट्याङ्की र पाँच हजार लिटरका तीनवटा ट्याङ्की...

  • नेपाल खानेपानी संस्थान २८ औं बर्षमा, देशका २३ शहरमा २२ शाखा कार्यालय

    काठमाडौं १५ फागुन । नेपाल खानेपानी संस्थान आजदेखि २८ औं बर्षमा प्रवेश गरेको छ । खानेपानी संस्थान, गुणस्तरयुक्त स्वच्छ खानेपानी सेवा प्रदान गर्ने र नगर तथा नगरोन्मुख क्षेत्रको ढल व्यवस्थापन गर्ने उद्देश्यले नेपाल खानेपानी संस्थान ऐन २०४६ बमोजिम स्थापना भएको हो । स्थापनाको २८ बर्षमा संस्थानले देशको २३ वटा शहरी क्षेत्रमा ...

  • मुहान सुकेपछि विद्यालयमा खानेपानीको अभाव

    इलाम १४ फागुन । इलामको दक्षिणी भेगका विद्यालयमा खानेपानी अभाव हुन थालेको छ । चुरेक्षेत्रमा खानेपानीको मुहान सुक्न थालेपछि विद्यालयमा खानेपानी समस्या भएको हो ।  विद्यालयमा खानेपानीको समस्या भएपछि अधिकांश विद्यार्थी घरैबाट बोतलमा पानी बोकेर आउँछन् । घरबाट पानी नल्याउने विद्यार्थीहरु भने नजिकका गाउँ पसेर पानी मागेर तिर्खा...

  • यसरी पुग्दैछ, बुटवलबासीको घरघरै पानीको धारा

    रुपेन्देही १३ फागुन । पाल्पाको दोभान गाविस-२ र कोलडाँडा गाविस-९ बाट बुटवलमा ल्याउन थालिएको झुम्सा खानेपानी आयोजना अझ विस्तारित हुने भएको छ । स्थानीयवासीका माग सम्बोधन गरेर उक्त आयोजना विगतभन्दा ठूलो क्षमताका रुपमा बुटवलमा ल्याउने तयारी सुरु भएको छ । बहुचर्चित झुम्सा आयोजनाको अधिकांश काम पूरा भए पनि विभिन्न कारणले रो...

  • ९ बर्षमा बन्यो, बल्ल खानेपानी आयोजना

    रूपन्देही, ७ फागुन : बर्षौदेखि प्रदुषित र आर्सेनिकयुक्त पानी पिउदै आएका रुपन्देहीका बासिन्दाले स्वच्छ पानी उपभोग गर्न थालेका छन् । ८ करोड रुपैयाँको लागतमा मोतीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजना सम्पन्न भएपछि बुटवलको १९, २०, २१ र २२ वडाका बासिन्दाले स्वच्छ पानी उपभोग गर्न थालेका हुन् । आयोजनाबाट ११ हजार ५ सय २२ उप...