• सरसफाइमा सोलुखुम्बु : ‘बारा’ भन्दा पनि पछाडि

    सोलुखुम्बु : सोलुखुम्बु पर्वतारोहण, दृश्यावलोकन र पदयात्राका लागि विश्वकै उत्कृष्ट पर्यटकीय जिल्ला हो । हरेक बर्ष ५० हजार भन्दा बढी विदेशी पर्यटकले सोलुखुम्बुलाई गन्तव्य बनाउँदै आएका छन् । पर्यटनसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले गरेको अध्ययनमा समेत सोलुखुम्बुको सगरमाथा क्षेत्र उत्कृष्ट गन्तव्यको रुप...

  • २०७४/०७५ मा सबैभन्दा बढी बेरुजु खानेपानी मन्त्रालयमा

    काठमाडौ : आर्थिक बर्ष २०७४/०७५ मा लेखापरीक्षण गरिएको रकमको आधारमा सबैभन्दा बढी बेरुजु हुने मन्त्रालयमा खानेपानी मन्त्रालय अग्रस्थानमा रहेको छ । रकमगत आधारमा सबैभन्दा बढी बेरुजु भएको अर्थमन्त्रालय रहेपनि लेखापरीक्षण गरिएको रकमको तुलनामा खानेपानी मन्त्रालयको बेरुजु अधिक देखिएको हो । महालेखापरीक्षकको कार्यालयले शुक्रबा...

  • कालिकोटको ‘बान्जाडा’ सबैभन्दा बढी खानेपानी अभाव क्षेत्र

    कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाको बान्जाडा कालिकोटकै सबैभन्दा बढी खानेपानी अभाव क्षेत्र भएको एक अध्ययनले देखाएको छ । वाटर एडले गरेको सहभागितामुलक कार्य अनुसन्धानबाट यस्तो देखिएको हो । वाटर एडले पलाँता ९ थिर्पुमा गाउँपालिका स्तरीय सहभागितामूलक कार्य अनुसन्धान गरेको थियो । अनुसन्धानमूलक कार्यमा वडा अध्यक्ष, ...

  • पूर्ण सरसफाइ उन्मुख ताघ्रिङले मनायो प्रथम बाषिकोत्सव, झितै जगत टोल प्रथम

    लम्जुङ : लम्जुङको मस्र्याङदी गाउँपालिका ४ ताघ्रिङले पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरेको एक बर्ष पुगेको अवसरमा प्रथम बाषिकोत्सव मनाएको छ । सफा, स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरेको एक बर्ष पुगेको उपलक्ष्यमा ताघ्रिङले प्रथम बाषिकोत्सव भव्यताका साथ मनाएको हो । शुक्रबार जगतबजारमा विशेष कार्यक्रम...

  • धादिङमा मर्मत सम्भार कार्यकर्ता तालिम, VMW तालिम किन ?

    धादिङ : धादिङबेशीमा भईरहेको ग्रामीण मर्मत तथा सम्भार कार्यकर्ता तालिम सम्पन्न भएको छ । जिल्लामा निर्माणाधीन बिभिन्न १७ वटा खानेपानी योजनाबाट प्रतिनिधित्व हुने गरी १५ जना महिला र २३ जना पुरुष पुरुष गरी ३८ जना लाई तालिम दिईएको हो । तालिममा खानेपानी संरचनाका मुख्य अंगहरु, खानेपानी प्रणालीमा प्रयोग हुने सामग्रीहरुको प्र...

  • वातावरणीय सरसफाइ शाखा प्रमुख झा ‘द हन्ड्रेड हिरोज अफ मधेस’ बाट सम्मानित

        काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखा प्रमुख एवं राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र कुमार झा ‘द हन्ड्रेड हिरोज अफ मधेस’ (The 100 Heroes Of Madhesh ) बाट सम्मानित हुनु भएको छ । ललितपुरको पाटन ढोकामा आयोजित कार्यक्रममा...

  • पाँच ठूला खानेपानी आयोजना अगाडि बढाइँदै

    काठमाडौ : सरकारले खानेपानी सञ्जालको विस्तार र विकासका लागि थप पाँच आयोजनालाई विशेष प्राथमिकतामा राखी अगाडि बढाएको छ । खानेपानी मन्त्रालयले मुलुकमा बढ्दै गइरहेको खानेपानी आवश्यकता पूरा गर्न ती आयोजनालाई प्राथमिकताका साथ काम शुरु गर्न लागेको हो । खानेपानीमन्त्री बीना मगरका अनुसार ती आयोजनामा नारायणी थोक वितरण, कर्णाली...

  • यस्तो अवसर छुटाउँदै त हुनुहुन्न ? आजै सम्पर्क राख्नुहोस्

    काठमाडौ : तपाई वैज्ञानिक हुनुहुन्छ ? इञ्जिनियर, रसायनशास्त्री, प्राविधिक वा वातावरणविद पो हुनुहुन्छ कि ? अनुसन्धानकर्ता, विद्यार्थी, परामर्शदाता या वायु र ध्वनि प्रदुषण मापनको क्षेत्रमा काम गर्न रुचि राख्नुहुन्छ ? तपाई सबैका लागि उपयुक्त हुने ‘वायु र ध्वनि प्रदुषण मापन तालिम’ ले तपाईलाई कुरिरहेको छ । मौका आउँछ पर्खि...

  • पूर्ण सरसफाइयुक्त गाउँ बनाउन युवाले बाँडे डस्टबिन

    पर्वत :  पूर्ण सरसफाइयुक्त गाउँ बनाउन युवाहरूको एउटा समूहले एउटै गाउँमा ८० वटा डस्टबिन बाँडेका छन् । पर्वतको फलेबास–३ मा स्थापित सिमखेत युवा क्लवका सदस्यहरुले खाजा खर्च कटौती र विभिन्न सहयोगीबाट डस्टबिन जुटाएर शंकरपोखरी गाउँमा वितरण गरिएको क्लबका अध्यक्ष सरोज खनालले जानकारी दिनुभयो । विद्यालय, बाक्लो बस्ती र सार...

  • शंखरापुर खुला दिसामुक्त घोषणा, अब काठमाडौ महानगरपालिका मात्र बाँकी

    काठमाडौ : काठमाडौको शंखरापुर नगरपालिकालाई खुला दिसामुक्त नगर घोषणा गरिएको छ । ५ हजार ४ सय ६ घरमै शौचालय बनाएर प्रयोगमा आएपछि नगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) ले आयोजना गरेको खुला दिसामुक्त नगर घोषणा कार्यक्रममा शंखरापुरलाई आज (बिहीबार) खुला दिसामुक्त घोषणा गरिएको हो । शंखरापुरमा ...