रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुकमै पहिलो पटक शून्य पोलिथिन र पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा गरिएको छ । घोषणा कार्यक्रम तथा कोरोना भाइरसको महामारीविरुद्ध सचेतना अभियानमा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले तिलोत्तमालाई शून्य पोलिथिन र पूर्ण सरसफाइ उन्मुख नगर घोषणा गर्नुभएको हो । कार...
पूर्ण सरसफाइ
-
-
अस्पतालले नै उत्पादन गर्न थाल्यो स्यानिटाइजर
काठमाडौ : बजारमा मेडिकल स्यानिटाइजरको अभाव भएसँगै राजधानीका अस्पतालले आफै स्यानिटाइजर बनाउन थालेका छन् । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल, हरिसिद्धिको नेपाल क्यान्सर अस्पताल र धापासीस्थित ग्रान्डी अस्पतालले स्यानिटाइजर बनाइरहेका छन् । ‘हामीले पहिले पनि अस्पतालमै स्यानिटाइजर बनाएर सबै चिकित्सक र स्वास्थ्यर्म...
-
झापाको मुक्तिचोक जहिल्यै दुर्गन्धित
चन्द्रकला भण्डारी, रासस/झापा : झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित मुक्तिचोक सडकमा ढल बग्दा दुर्गन्धित भएको छ । डेढ वर्षदेखि दुर्गन्धित हुँदै आएको सो क्षेत्रमा अहिलेसम्म सरसफाइ गर्नेतर्फ कसैको ध्यान पुगेको छैन । दिनहुँ हजारौँ यातायातका साधन र पैदलयात्रीले ओहोरदोहोर गर्ने सो क्षेत्र महेन्द्र राजमार्ग र भद...
-
दिसाजन्य लेदो व्यवस्थापनका लागि प्रशोधन प्रणाली
काठमाडौ : सरकारले ढल प्रणालीमा आवद्ध नभएका घरपरिवारको सेप्टिक ट्याङ्कमा जम्मा भएको दिसाजन्य लेदो व्यवस्थापनका लागि प्रशोधन प्रणालीको निर्माण गर्ने भएको छ । पन्ध्रौं पञ्चबर्षीय योजना (२०७६/०७७–२०८०/०८१) मा सरकारले खानेपानी र सरसफाइ क्षेत्रको लक्ष्य पूरा दिसाजन्य लेदो व्यवस्थापनको कामलाई पनि प्राथमिकतामा राखेको हो । ...
-
अब चाँगुनारायणको आफ्नै ल्याण्डफिल साईट, उपत्यकाकै मोडलको रुपमा सञ्चालन गरिने
भक्तपुर : काठमाडौ उपत्यका भित्र उत्पादन हुँदै आएको फोहोरलाई छिमेकी जिल्लाको भूमिमा लगेर थुपार्ने बर्षौ बर्षदेखिको परिपाटीलाई चाँगुनारायण नगरपालिकाले भने अब निरन्तरता नदिने भएको छ । चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रभित्र उत्पादन भएको फोहोरलाई आफ्नै क्षेत्रभित्र व्यवस्थापन गर्ने गरी तयारी अगाडि बढाएको हो । यसका लाग...
-
कोरोनाबाट बच्ने उपाय, डराउनै पर्दैन साबुन पानीले हात धोए
काठमाडौ : अहिले जताततै कोरोनाकै हल्ला छ । काठमाडौ बाहिर त के सम्म हल्ला चल्न थालेको छ भने शरिरको कुनै पनि भाग देखाउनै मिल्दैन । हातमा अनिवार्य पञ्जा लगाएर मात्र हिड्नुपर्छ । घरबाहिर पनि निस्कन मिल्दैन । बस पनि चल्दैनन् । कोरोना भाइरससँग सतर्क रहने यो पनि केही उपाय त हुन सक्छ । तर काठमाडौमा कोरोनाकै कारण यस्तो भय...
-
स्यानिटरी प्याड सिलाएर स्वरोजगार (भिडियो रिपोर्ट)
काठमाडौ : हेर्दा रुमाल जस्तै आकर्षक देखिने । स्वीटरको गोजीमै बोक्न पनि मिल्ने । बजारमा पाईने स्यानिटरी प्याड भन्दा फरक, तर कामको हिसाबले भरपर्दो स्यानिटरी प्याडको नाम हो ‘कपडाको प्याड’ । धादिङकी विमला ठकुरी हिजोआज यही प्याड सिलाउनुहुन्छ । मकवानपुर कुलेखानीकी सञ्जु बलामीले स्यानिटरी प्याड सिलाउन थालेको तीन बर्ष पूरा भईस...
-
पूर्ण सरसफाइ सम्बन्धी सडक नाटक प्रदर्शन
बाँके : बाँकेको जानकी गाउँपालिकाको वडा नं. २ र ६ मा पूर्ण सरसफाइ सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । श्री माध्यमिक बिद्यालय जोगागाउँका बिद्यार्थीहरुले वडा नं–२ को बेलभार र ६ नम्बरको भाटनपुर्वामा नाटक प्रदर्शन गरेका हुन् । गाउँ घरलाई सफा बनाई, महिनावारीका बेला हुन सक्ने संक्रमणबाट जोगिई महिनावारीलाई सुरक्षित बनाउने,...
-
कीर्तिपुर नगरपालिकाद्वारा सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन पारित
कीर्तिपुर : सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापन गर्न अहिलेसम्म कुनै नीति निर्देशिका नभईरहेको बेला काठमाडौको कीर्तिपुर नगरपालिकाले सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन पारित गरेको छ । कीर्तिपुर नगर सभाद्वारा पारित भईसकेको मार्गदर्शनका बिषयमा शुक्रबार नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधिका ...
-
जहाँ सरसफाइ, त्यहाँ छ इज्जत, छैन सरसफाइ छैन इज्जत
बझाङ : बढारकुँडार गरिएका सफा बाटाघाटा । चिटिक्क पोतिएका घर आँगन । सबै घरको आगँनमा रातो रंगले रंग्याएका जुठ्यान र मचान । प्रत्येक घरअघि करेसाबारी । करेसाबारीमा लटरम्म फलेका थरिथरिका तरकारी । छबीस पाथीभेरा गाउँपालिकाको परिङगाल गाउँ पुग्दा प्रत्येक घरबाहिर हात धुनका लागि धारो भएको बाल्टिन र साबुनको व्यवस्था गरिएको देख...











