• खानेपानी र सरसफाइ सुविधाले विद्यार्थी उपस्थिति दर बढ्यो

    सिरहा : बिहान १० बजे विद्यार्थीले टनाटन भरिएको कक्षा दुई बजेपछि आधाजसो खाली भईसकेको हुन्थ्यो । दैनिक कक्षा छोड्ने विद्यार्थी मात्र होइन, शैक्षिक सत्र पूरा नगरी बीचैमा छोड्ने विद्यार्थीको संख्या पनि उल्लेख्य थियो । सिरहाको धनगढीमाई नगरपालिका १३ स्थित आधारभूत विद्यालय कैलाशपुर भोर्लेनीका प्रधानाध्यापक अमर कुमार योञ्ज...

  • मेलम्ची पुनर्स्थापना सँगै बर्षामा पनि मेलम्चीको पानी बन्द नहुने सम्भावना बढ्यो

     काठमाडौ : सरकारले मेलम्ची खानेपानी विकास समिति पुनर्स्थापनाको निर्णय गर्न केही दिन मात्र ढिलाई गरेको भए काठमाडौबासीले ठूलो अनिष्ट भोग्नु पर्ने स्थिति आईसकेको थियो । असोज देखि तलब भत्ता बुझ्न नपाएका मेलम्चीका ६० भन्दा बढी कर्मचारीले मेलम्चीको पानी सुरुङमै पथान्तरण नगर्ने सम्मको तयारी गरिसकेका थिए । मेलम्चीलाई सम्भ...

  • सडकले क्षति पुर्‍याएको पाइप मर्मत गराईदिन बड्डीचौर खानेपानीले गुहार्‍यो न्यायिक समिति

    सुर्खेत : कृषि सडक निर्माण गर्ने क्रममा खानेपानीको पाइपलाइनमा भएको टुटफुट मर्मत गर्ने बिषयमा सम्बन्धित पक्षले आलटाल गरेपछि बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गाउँपालिकाको न्यायिक समिति गुहारेको छ । क्षति पुर्‍याएको पाइपलाइनको मर्मत गरिदिने बिषयमा कसैले चासो नदिएपछि खानेपानी उपभोक्ता संस्थाले सरो...

  • हरिगाउँमा खानेपानी निर्माण गर्न वेलफेयर, स्थानीय तह र उपभोक्ता बीच त्रिपक्षीय सम्झौता

    लमजुङ: लमजुङको दोर्दी गाउँपालिका वडा नं ६ हरिगाउँमा खानेपानी आयोजना निर्माणका लागि गोर्खा वेलफेयर ट्रष्ट, स्थानीय तह र उपभोक्ता समिति बीच त्रिपक्षीय सम्झौता भएको छ । खानेपानीको विद्यामान समस्या हल गर्न गोर्खा वेलफेयर ट्रष्टको सहयोगमा एक घर, एक धारा निर्माण गर्ने गरी स्थानीयको उपस्थितिमा सम्झौता गरिएको हो । सम्झौ...

  • बृहत खानेपानी आयोजना कार्यान्वयनमा ढिलाइ, स्रोत सुनिश्चित भएको १० बर्ष हुँदा पनि ठेक्का लागेन

    म्याग्दी : एक दशकदेखि मुहान सुनिश्चितता भएका म्याग्दीका दुई ठूला खानेपानी आयोजना अघि बढ्न सकेका छैनन् । भगवती, पिप्ले खानेपानी आयोजना र घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयन प्रक्रियामा ढिलाइ भएको हो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दी मार्फत अघि बढाइने ३७ करोड लागत भएको बृहत् भगवती पिप्ले खानेपानी ...

  • कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै

    सुर्खेत : कर्णाली प्रदेशका ९६ प्रतिशत भन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ । विसं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार कर्णाली प्रदेशको कूल जनसङ्ख्या १६ लाख लाख ९४ हजार आठ सय ८९ रहेको छ । सरकारी तथ्याङ्कअनुसार ...

  • दशकपछि बृहत धौलिगाड खानेपानी आयोजना निर्माण हुँदै

    जुम्ला : जुम्लामा निर्माणाधीन गौरवको ‘धौलिगाड खानेपानी आयोजना’ निर्माणले गति लिएको छ । निर्माण थालनी भएको दशक बढी समयपछि चालू आर्थिक वर्षबाट आयोजनाको निर्माण कार्यले गति लिएको हो । २०६७ साल यता आयोजना निर्माणको प्रारम्भ भएको थियो । विभिन्न तदर्थ समिति गठन गरे पनि विगतका वर्षमा निर्माण कार्यले गति लिन सकेको थिएन ...

  • जलविद्युतले सबै पानी सुरुङमा हालेपछि स्थानीयलाई समस्या

    रामेछाप : रामेछापको सीमा भएर बग्ने लिखु नदीमा पानी सुकाएर लिखु–३ जलविद्युत् आयोजनाले सुरुङमा हालेपछि स्थानीयले पानीको समस्या भोग्न थालेका छन् । ‘घरायसी प्रयोजनका लागि पानी नै नदिई लगेका छन्’ स्थानीय सुमित्रा राई सुनुवार भन्छिन् ‘पोकली खोलाको पानीको भरमा किसानको कुलो चल्न छोडेको छ ।’ किसानले कुलोमा पानी नचढेपछि मे...

  • एउटा तालिमले पासपोर्ट थन्काएकाहरुको कथा (भिडियो)

    जनकपुरधाम : विदेशमा पैसा कमाउँला र घरबार चलाउला भनेर साहुसँग ऋणपान गरेर विदेशिएको मान्छे एक सुको कमाउन नसकी घर फर्किनुपर्‍यो भने कस्तो हालत होला ? ठीक डेढ बर्ष अघि यस्तै हालत भएको थियो धनुषाको औरही नगरपालिका १ का ललितकुमार शाह र लक्ष्मी यादवको पनि । विश्वभरि फैलिएको कोरोना भाइरसले गर्दा कम्पनीमा काम सँगै ...

  • लागत स्टिमेटको २८ प्रतिशत कम लगानीमा बनेको कण्ठीपुर खानेपानी आयोजना

    नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित कण्ठीपुर खानेपानी आयोजना लागत इस्टिमेट भन्दा २८ प्रतिशत कम लगानीमा सम्पन्न भएको छ। १२ करोड ८४ लाख ७१ हजार ९१६ रुपैयाँ लागत इस्टिमेट रहेको आयोजना नौ करोड १३ लाख २२ हजार २९४ रुपैयाँ अर्थात् कुल लागत स्टिमेटको २८ प्रतिशत कम लगानीमा बनेको संस्थानका महाप्रबन्धक इश्वर...