• खानेपानी र सरसफाइको अवस्था, नीतिगत व्यवस्था र अधिकार बिषयक गोष्ठी सम्पन्न

    बुटवल : प्रदेश ५ को राजधानी बुटवलमा प्रदेश ५ स्तरीय खानेपानी र सरसफाइको अवस्था, नीतिगत व्यवस्था र अधिकार बिषयक गोष्ठी सम्पन्न भएको छ । खानेपानी र सरसफाइमा गरिएको नीतिगत व्यवस्थाबारे जानकारी गराउने, उपभोक्तामैत्री ऐन, कानुन र नीति निर्माणमा संघ, प्रदेश र स्थानीय सरकारको भूमिकाका बिषयमा जानकारी गराउने उद्देश्यले खानेपानी...

  • खुला दिसामुक्त राष्ट्र घोषणा समारोहको प्रमुख अतिथि राष्ट्रपतिलाई बनाईने

      काठमाडौ : ‘खुला दिसामुक्त राष्ट्र नेपाल’ घोषणा समारोहको प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाईने भएको छ । देश नै खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम अन्तराष्ट्रिय समुदायकै लागि ठूलो सन्देश हुने भएकाले राष्ट्रपतिलाई प्रमुख अतिथि बनाईने भएको हो । नेपाललाई यही असोज १३ गते खुला दिसामुक्त घोषणा...

  • घोराहीमा फोहोरबाट ग्यास उत्पादन

      दाङ : घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास उत्पादन गर्न थालेको छ । उपमहानगरपालिकाको ल्याण्ढफिल साइटमा जम्मा गरिएको फोहोरबाट ग्यास निकाल्न थालिएको हो । विश्व बैंक, वैकल्पिक ऊर्जा केन्द्र र नेपाल ऊर्जा विकास कम्पनी बीच त्रिपक्ष सहकार्यसँगै फोहोरबाट ग्यास उत्पादन गर्न थालिएको हो । ग्यास उत्पादन गर्नका ल...

  • ओडिएफ गर्न बाँकी तराईका जिल्लामा केन्द्रको विशेष टोली परिचालन

      काठमाडौ : खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेका तराईका जिल्लाहरुको सरसफाइ अभियानमा थप गति दिन केन्द्रबाट चार सदस्यीय टोली परिचालन गरिएको छ । युएन ह्याबिट्याटका सामाजिक विश्लेषक मदन मल्ल, सरसफाइ विज्ञ नमस्तेलाल श्रेष्ठ, पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह र स्थानीय पूर्वाधार विभागका सिनियर डिभिज्नल इ...

  • काठमाडौ जिल्लालाई ओडिएफ गर्न पिवाससीसीलाई अनुरोध

      काठमाडौ : काठमाडौ जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न अनुगमन गरी प्रमाणीकरण एवं अनुमति प्रदान गर्न प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (पिवाससीसी) लाई अनुरोध गर्ने भएको छ । डिवाससीसी काठमाडौका अध्यक्ष शिवसुन्दर राजवैद्यको अध्यक्षतामा आज बसेको बैठकले काठमाडौ जिल्लालाई खुला दिसामुक्त घो...

  • काठमाडौ महानगरलाई खुलादिसामुक्त घोषणा गर्न अनुमति प्रदान

      काठमाडौ : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) काठमाडौले महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न अनुमति दिईएको छ । डिवाससीसी अध्यक्ष शिवसुन्दर राजवैद्यको अध्यक्षतामा बसेको डिवाससीसी बैठकले काठमाडौ महानगरपालिका खुला दिसामुक्त घोषणा गर्न योग्य रहेको ठहर गर्दै खुला दिसामुक्त...

  • पूर्वी पहाडमा खानेपानी मुहानको बिषयमा मुद्दा मामिला बढ्दो

      विराटनगर : इलाम नगरपालिका–१२ साङरुम्बाकी इन्दीरा बाँनीयासहितले स्थानीय देविप्रसाद भट्टराईविरुद्ध खानेपानी मुहानमा अवरोध गरेको भन्दै नगर न्यायिक समितिमा उजुरी दर्ता गरे। न्यायिक समितिले मध्यस्थताबाट समस्या समाधान गर्न प्रयास गर्दा सफल भएन। अहिले त्यो मुद्दा न्यायीक प्रक्रियामा अघि बढेको छ। प्रत्येकवर्ष ...

  • लहानमा फोहोर फालेको विरोधमा प्रदर्शन

    सिरहा : लहान नगरपालिका–४ का स्थानीयले महिलामाथि दुर्व्यवहार गरेको र फोहोर फालेको विरोधमा विरोध प्रदर्शन गरेका छन् । ५ महिनादेखि फोहोर फाल्न नदिने अडान लिएका स्थानीयले प्रहरीको आडमा नगरपालिकाले महिलामाथि दुर्व्यवहार गरेको आरोप समेत लगाएका छन् । सडकमा थुप्रिएको फोहोर फाल्न प्रहरी सहित नगरप्रमुख मुनि साह सुडि लगायत अन...

  • खुला दिसामुक्त नेपाल घोषणाका लागि लोगो आवश्यकता

    काठमाडौं : नेपाल खुला दिसामुक्त घोषणा कार्यक्रम सचिवालयले खुला दिसामुक्त नेपाल घोषणाका लागि आवश्यक लोगो माग गरेको छ । सचिवालयले इच्छुक डिजाइनरहरुबाट नेपाल खुला दिसामुक्त घोषणा झल्काउने लोगो बनाएर पठाई राष्ट्रिय अभियानमा सहयोग पुर्‍याउन आव्हान गरिएको हो । देशभरबाट प्राप्त लोगो मध्येबाट छानिएको उत्कृष्ट लोगोलाई...

  • ललितपुर क्षेत्रको वाग्मती सफाइको नेतृत्व महानगरले लिने

    काठमाडौ : वाग्मती नदीको ललितपुर क्षेत्रतर्फको सफाइको जिम्मेवारी ललितपुर महानगरपालिकाले लिने भएको छ । वाग्मती सफाइ महाअभियानको ३२९औँ हप्तामा थापाथली पुलमुनिको नदी किनारको ललितपुर क्षेत्रको सफाइका अवसरमा नगरप्रमुख चिरीबाबु महर्जनले महानगरका सबै वडालाई परिचालन गरी स्थानीयवासीको सहभागिता समेत जुटाएर सफाइ अभियान चलाउने प्रत...